Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नयाँ दिल्लीमा नेपाल-भारत सीमा कार्यदलको बैठक सम्पन्न

१५ बुधबार , श्रावण २०८२एक बर्ष अगाडि

नयाँ दिल्लीमा नेपाल-भारत सीमा कार्यदलको बैठक सम्पन्न

नयाँ दिल्लीमा नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न भएको छ । नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निरीक्षण र मर्मतसम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमतिसँगै बैठक सम्पन्न भएकाे हाे ।

उक्त साताैं सीमा कार्यदलको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशी र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

परराष्ट्र मन्त्रालयका अनुसार साताैं बैठकले अगष्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा आयोजित नापी विभागका अधिकारी सम्मिलित बैठकको कार्य प्रगतिको समीक्षा गरिएको बताइएको छ ।

बैठक विभिन्न सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको र दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै, सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका छन्।

सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन २०१४ मा गठन भएको संयुक्त निकाय हो।