रामप्रसाद खनालको कविता संग्रह 'देशहराएको मान्छे' को अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाको भजिर्ि्नया मनासस शहरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महाबाणिज्यदूत एबम् अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघका महासचिब नबनिधि पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, कवी सुदिपभद्र खनाल, सर्जक रामप्रसाद खनालले सामुहिक बिमोचन गरेका थिए।
अन्तरार्ि्ष्ट्रय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्रार्िष्ट्रय कलाकार माच, अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदीको अध्यक्षता भएको थियो भने उपाध्यक्ष अरुण रुपाखेतीले स्वागत भाषण, अर्का उपाध्यक्ष भूप नारायण घर्ति मगरले सञ्चालन गर्नुभएको थियो। उक्त बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा कयौं साहित्यकार र सम्बन्धित क्षेत्रका अलावा अन्य क्षेत्रबाट पनि ब्यक्तित्वहरु सहभागी थिए।
बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा विमोचन गर्ने सबै व्यक्तित्वहरुले देश हराएको मान्छे र समसामयिक बिषयमा आ–आफ्ना मन्तब्य ब्यक्त गरेका थिए। बिमोचन पहिलो चरणमा र साहित्यिक कार्यक्रम दोस्रो चरणमा गरिएको उक्त समारोहमा पुस्कर पन्तको हास्य कविता, मन कुमारी थापा र खेम संग्रौलाको गीत, सुस्मा खनाल र बिना घर्ति मगरको नाच पनि प्रस्तुत गरिएका थिए भने प्रकाश नेपाल, होमनाथ सुबेदी, अरुण रुपाखेती, रामप्रसाद खनाल, नीरा शर्मा, कल्पना सुबेदी, गुणराज लुइटेल, सुदीप भद्र खनाल, भूप नारायण घर्ति मगर, परशु तिमल्सिना, ईन्द्र श्रेष्ठ, निलकण्ठ सुबेदी, विश्व बन्धु कार्की, चेतन सिटौला, कपिल घिमिरे, शकुन्तला अधिकारी लगायका अन्य साहित्यकारहरुका कविताहरु प्रस्तुत गरिएका थिए।
समारोहमा कविता संग्रह 'देश हराएको मान्छे' का प्रकाशक तथा बितरक, हाल सम्म करिब एक हजार प्रकाशन गरिसकेका एशिया पब्लिकेशन र प्लाटिनम पब्लिकेशनका संस्थापक नबनिधि पन्तलाई अन्तर्रार्िष्ट्रय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्रार्िष्ट्रय कलाकार मञ्च, अमेरिकाको तर्फबाट बिशेष सम्मान गरिएको थियो। यसै गरी गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक, मधुपर्कका पूर्व सम्पादक कपिल घिमिरे, अनेसासका केन्द्रिय सचिब प्रकाश नेपाल, चलचित्र निर्देशक अनिल संग्रौलालाई सम्मान गरिएको थियो भने अनेसासका गतिबिधिलाई जन समक्ष पुर्याउने डिसी नेपाल डट कम र इनेपालीज डटकम, रामहरी सुबेदी, प्रशन्न संग्रौला सहित अनेसासका सहयोगी हातहरुलाई अध्यक्ष रामप्रसाद खनाल, राजदूत कार्की, महाबाणिज्यदूत महत, संस्थापक सुबेदीले प्रशंशापत्र प्रदान प्रदान गरेका थिए।
कार्यक्रममा अध्यक्ष खनालले अनेसास डिसी मेट्रो कमिटीमा थप ५ जना क्रमशः चेतन सिटौला, नीरा शर्मा, विश्वबन्धु कार्की, शशी गुरुङ, निलकण्ठ सुबेदीलाई बिधान बमोजिम मनोनयन गरी प्रमाणपत्र प्रदान गरेका थिए।
अन्तमा अन्तर्रार्िष्ट्रय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्रार्िष्ट्रय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले कार्यक्रम सफल पार्न योगदान दिनुहुने प्रमुख अतिथि, अतिथिगण, साहित्यकारहरु र सहभागी सबैलाई हार्दिक धन्यवाद दिएका थिए। कार्यक्रम अत्यन्त रोचक रुपमा सम्पन्न भएको थियो।