Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अमेरिका र चीनका चलचित्रमा नेपाल

१७ मंगलबार , असार २०८२एक बर्ष अगाडि

अमेरिका र चीनका चलचित्रमा नेपाल

चीनले नेपालमा भाषा अध्ययन गराउन ठूलै लगानी गरिरहेको छ । विद्यार्थी, नेता, पत्रकार, प्रशासकहरुलाई हरेक दिनजसो चीनको भ्रमण गराइरहेको छ । सीमाक्षेत्रमा लगानी बढाएको छ । नेपालबाट घाँस आयात गर्नेदेखि नेपालमा सुँगुर पालनसम्ममा लगानी र सेवा बढाएको छ । अब ‘नेपाललाई भेट्ने’ चलचित्र सुटिङ पनि नेपालमा गरिएको छ । यस चलचित्रमा एक चिनियाँ युवती ल्वो याङ अपराधी भएकोले जेल परेबाट आफ्नी आमाको मृत्यु हुँदा आमालाई भेट्न नपाएकोमा निकै दुःख लाग्यो। जेलबाट निस्किएर उनले पवित्र धार्मिक मुलुक नेपालमा आफ्नो मनको उपचार गर्न आएका छन् । नेपालमा उनले अर्को चिनियाँ केटी भेट्छन्, मि स्यै सँग । त्यसपछि चीनमा फर्किन्छिन् । 
विश्वमा चर्चा पाएको अमेरिकी चलचित्र ‘डाक्टर स्ड्रेन्ज’ पनि नेपालमा छायाङ्कन भएको छ । चलचित्रमा काठमाडौँको ठमेल र स्वयम्भू देखाइएको छ र काठमाडौँ उपत्यकाको दृश्य व्यापक रहेको छ ।