Advertisement Banner
Advertisement Banner

२१ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

दक्षिण कोरिया र सिएनआईको सम्बन्ध

०६ सोमबार , असार २०७३९ बर्ष अगाडि

असार २ गते, काठमाडौं।

दक्षिण कोरियाका राजदूत कोइ योङ जिन र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मावीच आत्मीयताको यो फोटोले भन्छ– दुबै देशवीचको सम्बन्ध गाडा छ, सुमधुर छ। तिक्तता छैन। दुबै देशका प्रतिनिधिवीच सिएनआई कार्यालयमा भेटघाट र आर्थिक विकासका एजेन्डामा वार्ता भएको छ।  यही एजेन्डाहरुमा बिस्तृत छलफल भएको सिएनआईले जनाएको छ।

अध्यक्ष हरिभक्त शर्माका अनुसार छोटो समयमा दक्षिण कोरियाले प्रविधि र पूर्वाधार विकासमा चमत्कारिक उपलव्धि हासिल गरेको छ। हामी न्यून प्राविधिक ज्ञान र पूर्वाधार विकासको अभावमा आर्थिक उन्नतीको गतिमा पछि परेका छों, हामी कोरियाको प्रगतिबाट प्रभावित हुनेमात्र होइन,   कोरियाली लगानी र प्रविधि भिर्त्याउन जोड दिइरहेका छौं। यस विषयमा कोरियाली पक्षले नेपालको हौसलाको सह्राहना गरेर लगानी र सम्बन्ध विस्तारमा सघाउने प्रतिवद्धता जनाएको छ। लगानी भित्र्याउनका लागि नेपाल उद्योग परिसंघले   सरकारसँगको सहकार्यमा औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा सुधारका लागि विशेष आग्रह गरिसकेको छ। उद्योग मन्त्रीलेसमेत सकारात्मक जवाफ दिएका छन्।

शर्माले नेपाली श्रम कोरिया पुगेका छन् र त्यहाँ सिकेका सिप, ज्ञान र आर्जन गरेको धनबाट नेपालले लाभ उठाइरहेको छ। यस्ता श्रमशक्तिलाई कोरिया सरकारले नेपालमै विविधि प्रशिक्षण दिने व्यवस्था मिलाउन सके त्यस्ता श्रमशक्तिबाट अत्यधिक लाभ हुनसक्ने विचार अगाडि सार्दा कोरियान राजदूत जिनले उत्साही विचार भनेर प्रशंसा गरेको सिएनआईका प्रतिनिधिले बताएका छन्। नेपाल–कोरियावीच कूटनीतिक सम्बन्ध उच्चस्तरमा छ। त्यस्तै सम्बन्ध दुबै देशका विभिन्न संघसंस्थादेखि जनस्तरसम्म बढाउन सके, आपसी सहकार्य गर्नसके सम्बन्ध अझ मजबुत हुने भन्दै परिसंघका अध्यक्षले कोरियाली राजदूतावासको पहलमा कोरियास्थित यस्ता सङ्ध संस्थासँग सहकार्य गर्न नेपाल उद्योग परिसङ्ध इच्छुक रहेको वताएपछि कोरियाली महामहिम राजदूतले सकारात्मक जवाफ दिएका छन्। राजदूतले  फेडेरेशन अफ कोरियन इण्डष्ट्रिज र परिसङ्धका बीचमा व्यावसायिक सम्बन्ध स्थापना गर्न दुई देशका व्यवसायीहरुको प्रतिनिधिमण्डल आदानप्रदान गर्नमा समेत सहयोग गर्ने वचन दिएका छन्। र, कोरियाले नेपालको पूर्वाधार विकासमा सहयोग गर्दै आएको सन्दर्भमा परिसङ्धले आयोजना गर्न लागेको पूर्वाधार सम्मेलनमा समेत व्यक्तिगत र कोरिया सरकारको तर्फबाट सक्दो सहयोग गर्ने अभिव्यक्ति दिएर कोरियाली राजदूत नेपाल मैत्री राजदूतका रुपमा प्रस्तुत भएका छन्। कूटनीतिज्ञहरुको यस्तै सहयोगी भावनाले नेपाल विकाससील मुलुक हुनसक्ने विज्ञ धारणा छ।

थप रोजगारीको अवसर

३८ हजारभन्दा बढी युवाजमात कोरियामा रोजगारी गरिरहेको छ। कोरियामात्र त्यस्तो देश हो, जहाँ नेपाली श्रमशक्तिको शोषण भएको छैन। र, आकर्षक रोजगारदाता मुलुक बन्न पुगेको छ। यसैवीच नेपाली कामदारको कोटा बढाउन कोरिया सरकार सकारात्मक बनेको छ। परराष्ट्र सचिव शंकरदास बैरागीको यो अभिव्यक्तिसँगै शनिवारदेखि सुरु भएको इपीएस परीक्षार्थीका लागि खुशी बढेको छ। \u000aकोरियाका समस्या भनेको अवैधानिक कामदार बढेकोप्रति छ। कोटा घट्नुको कारण पनि त्यही मानिएको छ। भीसा अवधि सकिएपछि खुशीसाथ घर फर्कने वातावरण निर्माण गर्न दुबै देशका सचिव स्तरीय वार्तामा सहमति बनेको छ।

कोरियाले बुझेको छ– भूकम्प र अस्थिरताका कारणले कोरिया गएका युवा अवैधानिक भएर उतै काम गर्ने गरेका छन्। तिनलाई कसरी स्वदेश फर्कने र अवैधानिक भएर बस्न हुन्न भन्ने बुझाउने भन्ने सन्दर्भमा दुबै देशले विशेष कार्यक्रम ल्याउने परराष्ट्र स्रोतले जानकारी दिएको छ।