Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

विश्वयुद्ध र शान्तिको सनसनी

१० मंगलबार , असार २०८२७ दिन अगाडि

विश्वयुद्ध र शान्तिको सनसनी

इरान–इजरायल युद्धमा अमेरिका प्रवेश गरेपछि र अमेरिकी वर्ष बर्षक विमानले इरानका आणविक भट्टी ध्वस्त बनाइदिएपछि तेस्रो विश्वयुद्धको खतरा बढेर गएको छ । इजरायल र इरानवीचको मिसाइल हानाहानले ती मुलुकको संरचना, जनधनको ठूलो क्षति भएको छ । यसको पुननिर्माणमा वर्षौ त लाग्छ नै मुख्य सवाल विश्वशक्तिवीचको ध्रुविकरण हो । जसले तेश्रो विश्वयुद्ध निम्त्याउँछ कि भन्ने खतरा बढेर गएका कारण सनसनी विश्वभरि नै फैलिएको छ । इरानमा सत्ता परिवर्तनको मुद्दा उठेको छ, इरान अमेरिका र इजरायलसँग बदला लिने उत्तेजनामा छ ।
रूस र चीन पनि यो युद्धको कारण सचेत बनेका छन् । चीन सचेत हुनु भनेको उत्तर कोरिाय र पाकिस्तानमात्र होइन, रूस सचेत हुनु भनेको भारत पनि प्रभाव र दबाबमा छ । जर्मनलगायत युरोपियन मुलुकहरू शान्ति प्रयासमा जुटेका छन्, राष्ट्रसंघ पनि शान्तिका लागि सकृय बनेको छ ।
अब के हुन्छ ? नेपालमा पनि तरङ्ग फैलिएको छ । ८ दलले इरानमाथिको वमवर्षा युद्ध अपराध भनेका छन् । जब कि आठै दल मात्र होइन, सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका सन्तान र पूर्व र वर्तमान प्रशासकका सन्तानसमेत अमेरिकामा छन् । अमेरिकाले अझै कडिकडाउ नीति ल्याइदियो भने यिनको पारिवारिक अवस्था के होला ?