
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहम्मद एलजीबालीसँग शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।
आज शीतल निवासमा भएको भेटमा नेपाल र इजिप्टबीच रहिआएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत नोहालाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिएकोमा धन्यवाद पनि व्यक्त गर्नुभयो ।