
चीनले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई निम्त्यायो, उच्च सम्मान र सन्देश पनि दिएको छ । चिनियाँ उपराष्ट्रपति, पार्टीकाका शीर्ष नेता चेङसँग भेटवार्ता भयो, भेटवार्तालाई महत्व दिएरै चीनले नेपालमा कम्युनिष्ट एकतामा पहल गर्न भण्डारीलाई सुझाव दिएको छ । चीनले नेताको रूपमा दिएको महत्वले यो भ्रमणपछि बाम एकता, नेतृत्व सँगै चिनियाँ विश्वास बढ्ने विश्लेषण हुनथालेको छ । तर एमालेले विद्या भण्डारीको भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा भएको भनेको छ ।
नेपालमा विद्या भण्डारी सकृय राजनीतिमा आउलिन् त ? भन्ने प्रश्न उठेको छ । चीनले यस्तै संकेत गरेको छ । ओलीपक्षधर यो कुरा मान्न तैयार छैनन् । विद्या भण्डारीलाई एमालेको उत्तराधिकारीका रूपमा चीनले महत्व दिएको होइन भन्छन् । खासगरी चीन पुग्नासाथ विद्या भण्डारीसँग राजनीतिक संवाद कार्यक्रम अघि बढाइनाले पनि प्रष्ट के भयो भने चीनले केही सन्देश दिनकै लागि यो भ्रमण तय गरेको हो । एमाले विदेश विभागका सदस्य गोपाल खनालका अनुसार ‘यो भ्रमण टोलीका सदस्यहरू प्रधानमन्त्रीकै सल्लाहमा तय भएको हो । फेरि सीपीसी र एमालेबीचको सम्बन्ध राम्रो छ । त्यसैले केही हुनै लाग्यो कि भनेर विश्लेषण आवश्यक पर्दैन ।’
कूटनीतिक र राजनीतिक वृत्तमा भएको चर्चा अनुसार विद्या भण्डारी एमालेको भावी नेतृत्वमा आउँछिन्, विद्या वाम एकता गराउने साझा नेतृत्व हुन् र शक्तिको स्वीकारोक्ति, विद्या भण्डारीप्रति चीनको विश्वास र विद्या भण्डारीमार्फत चीनको सुरक्षा चासो संवोधन हुनसक्ने आशाले चीनले यो भ्रमण गराएको हुनसक्छ ।