Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, जेठ २०८२30th May 2025, 11:39:34 am

न्युजिल्याण्डका परराष्ट्रमन्त्री नेपाल आउँदै

१५ बुधबार , जेठ २०८२६ दिन अगाडि

न्युजिल्याण्डका परराष्ट्रमन्त्री नेपाल आउँदै

आज न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपाल भ्रमणमा आउँदैछन् । नेपालकाे दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्स आज साढे १२ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका सूचना अधिकारी नितेश सापकोटाले जानकारी दिएका छन् । उनी जेठ १४ र १५ दुई दिन काठमाडौंमा रहने छन् ।

नेपालकाे दुईदिने औपचारिक भ्रमणका लागि आउन लागेका मन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ । त्यस्तै मन्त्री पिटर्सले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी रहेकाे छ ।

श्रीलंकाको भ्रमण सकेर नेपाल आउन लागेका मन्त्री पिटर्सले दुईदिने मैत्रीपूर्ण औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किने बताइएकाे छ ।