
काश्मिरमा आतंककारीले एक नेपालीसहित २६ जनाको हत्या गरेपछि भारतले अपरेशन सिन्दुर भनेर पाकिस्तानविरूद्ध युद्ध नै छेड्यो । पाकिस्तानलाई धुलिसात बनाउने यो युद्ध ४ दिन पनि टिकेन, युद्धविराम भयो । युद्धका कारण र युद्धबिरामका विषयमा अमेरिकी राष्ट्रपतिसमेत जोडिए, चीन–पाकिस्तान मित्रता देखियो, भारत–फ्रान्सवीच मनमुटाव भयो, रूसले यो सबै नजारा हे¥यो ।
तर दक्षिण एसियाका सबै मुलुकसँग सम्बन्ध मैत्री राख्न नसकेको भारतका प्रम नरेन्द्र मोदीले नेपालमा देखिन ५ र नदेशिने अनेक दूतहरू पठाएर नेपालको समर्थन खोजेको देखियो । बिजय चौथाइवाले, भगतसिंह कोसियारी, बिजय जोली, मनोहरलाल खट्टर, भुपेन्दर यादव नेपाल आए र राजनीतिक नेता तथा सरकार प्रमुखहरूसँग छलफल गरे । भन्नलाई जे कारण देखाएपनि भित्रभित्रै के खिचडी पाकिरहेको छ ? राजनीतिक र कूटनीतिक बृत्तमा ठूलो चासो राखिएको देखिन्छ ।
नेपालमा भारतको प्रभाव छ, १८८० किलोमिटर लामो खुला सिमानाका कारणले पनि यो सम्बन्ध विशेष मानिन्छ । तर भारतले नेपालमा बिस्तारवादी नीति लिइरहेकाले जनघृणा बढेको छ । भारत के चाहन्छ ? केही दिन खुलासा होला ।