
गोविन्द बोहरा....................................
१. सिक्किमको भूराजनीतिक अवस्था (सन् १९५०–१९७५)ः
छिमेकी शक्तिहरूः भारत, चीन, भुटान ।
रणनीतिक महत्वः डोका ला, नाथुला पास
भारतको दृष्टिकोणः चीनको प्रभाव रोक्न स्थायी नियन्त्रण आवश्यक ठानियो ।
१९५० को सन्धिद्वारा भारतले सुरक्षा र विदेश नीति नियन्त्रण ग¥यो । भारतले जनमत, सेना र आन्तरिक असन्तोष प्रयोग गरी विलय गरायो ।
२. नेपालको वर्तमान भूराजनीतिक अवस्थाः
स्थानः भारत र चीनको बीचमा, जलस्रोत र हिमाली नाकाहरूको नियन्त्रण । भारत र चीनको प्रतिस्पर्धा नेपालमा स्पष्ट देखिन्छ । नेपालको सन्तुलित परराष्ट्रनीति ढलपलको छ । भारतको प्रभावः पुरानो सन्धि, व्यापार, सुरक्षाको बहानामा दबाब ।
चीनको रणनीतिः बीआरआई, पूर्वाधार विकास र सीमामा लगानी ।
३. सिक्किममा प्रयोग भएका रणनीति र नेपालमा सम्भावित प्रयोगः
सन्धि÷सम्झौता मार्फत नियन्त्रण (१९५० को सन्धि), राजनीतिक विभाजन र अस्थिरता । रणनीतिक लगानी र कूटनीतिक दबाब । जनमतको प्रयोग ।
४. सिक्किमबाट नेपालले सिक्नुपर्ने पाठहरूः
आन्तरिक एकता र स्थायित्व विदेशी हस्तक्षेप रोक्ने आधार हो । स्वतन्त्र परराष्ट्र नीति आवश्यक छ । सशक्त राष्ट्रप्रेमी नेतृत्व र जनचेतना अपरिहार्य ।
आत्मनिर्भरता नै दीर्घकालीन स्वतन्त्रताको आधार हो ।
५. निष्कर्षः सिक्किमको विलय केवल इतिहास होइन, चेतावनी हो । नेपालले सन्तुलित परराष्ट्र नीति, आन्तरिक एकता, र संवैधानिक सुरक्षा प्रणाली बलियो बनाउन नसके त्यस्तै हस्तक्षेपबाट नेपाल शिकार बन्न सक्छ ! चेतना आया ..।