
सगरमाथा संवादमा सहभागी हुनका लागि चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल आइपुगेका छन् । संवादमा सहभागी हुन उपाध्यक्ष सियाओ चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।
भोलि जेठ २ गतेदेखि ४ गतेसम्म हुने संवादमा सहभागी हुन नेपाल आइपुगेका उपाध्यक्ष सियाओलाई वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गर्न लागेकाे उक्त संवादमा विभिन्न १२ मुलुकका विदेशी उच्च प्रतिनिधिसहित स्वदेशी तथा विदेशी विशिष्ट पाहुना गरि ३ सय ५० जनाको प्रत्यक्ष सहभागिता रहने बताइएकाे छ ।