Advertisement Banner
Advertisement Banner

३० मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

रोबर्ट प्रिभोस्ट – नयाँ पोप

२७ शनिबार , बैशाख २०८२३ दिन अगाडि

रोबर्ट प्रिभोस्ट – नयाँ पोप

नयाँ पोप चुनिएको लगत्तै रोबर्ट प्रिभोस्टले भनेका छन्– तपाईंहरू सबैलाई शान्ति मिलोस् । अब पोप रोबर्ट लियो चौधौँका रूपमा चिनिनेछन्। सिकागोमा जन्मेका नवनिर्वाचित पोप प्रिभोस्टले भ्याटिकनमा उत्साहित भीडलाई भनेका छन्– ‘तपाईंहरू सबैलाई शान्ति मिलोस्, दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूका परिवारलाई, तपाईंहरू सबैलाई, जहाँ भए पनि शान्तिको शुभकामना पठाउन चाहन्छु।’ नयाँ पोपले पोप फ्रान्सिसलाई श्रद्धाञ्जली पनि अर्पण गरे । यही सभामा नयाँ पोप लियो चौधौँले आफूलाई निर्वाचित गर्ने कार्डिनलहरूलाई धन्यवाद दिए।