
मोदीका दूत भाजपाका विदेश विभाग प्रमुख कोशियारीको भ्रमण सकिनासाथ अर्का दूत प्रभाशाली नेता कोशियारीको नेपाल भ्रमण भएको छ । कोशियारीले कांग्रेस, एमाले, माओवादी, मधेसवादी र अन्य दलका नेताहरुलाई भेटेर फर्कनासाथ आएका कोशियारीले पनि सबै पार्टीका नेताहरुलाई भेटेका छन् । भारतीय सत्तापक्षको दूतको नेपाल भ्रमण भारत पाकिस्तानवीचको युद्धको स्थितिमा मात्र सिमित छैन । नेपालले आतंकवादी रोक्न नसक्ने हो भने भारतले आफै आतंकवाद रोक्न अग्रसर हुने कडा चेतावनी दिइरहेको छ ।
नेपाल सरकारले सुरक्षा निकायसँग छलफल गरिरहेको छ । सीमा क्षेत्रको सुरक्षालाई कडा पारेको छ ।
यता भारतले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने दबाब दिइरहेको छ भने राजसंस्था पुनस्र्थापनामा पनि जोड दिएको बताइन्छ । खासगरी नेपालमा १२ बुँदे सहमतिको निरन्तरता भारतले खोजेको र नेपालमाथि प्रभाव जमाउन अघि बढेको रुपमा पनि हेरिएको छ ।
कोशियारी फर्के लगत्तै अर्का प्रभावशाली नेताले नेपाल भ्रमण गर्ने बताइन्छ । २०६३ सालपछि नेपालमा भारतले विश्वसनीयता गुमाउँदै गएका कारणले नेपालमा चीन र पश्चिमा प्रभाव ह्वात्तै बढेको विश्लेषकहरुको ठहर छ । काश्मिीर समस्याका कारणले भारतलाई नेपालको सहयोग र समर्थनको पनि खाँचो छ । तर दक्षिण एसियामा भारत बिस्तारवादीको रुपमा बदनाम भइरहेको देखिनछ ।
भारत सार्कलाई मार्न र बिमस्टेकलाई प्रभावशाली बनाउन चाहन्छ । सार्कको अध्यक्षको नातामा नेपालको भूमिका सार्कबारे शुन्य छ भने भारतको लहैलहैमा बिमस्टेकप्रति नेपाल आकर्षित हुँदै गएको छ । नेपालमा तीखो बन्दै गएको राजावादीको आन्दोलन र धर्मान्तरणप्रति भारत सचेत भएको पनि बुझ्न सकिन्छ ।
काश्मिरको पहलगाममा भएको अप्रिल २२ को आतंककारी आन्तदोलनमा नेपाली पनि मारिए । यसबारेमा नेपालले नेपाल सदैव आतंकवादको विरुद्धमा उभिएको परराष्ट्र मन्त्रालयले बिज्ञप्ति निकालेको छ ।