कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग, कोइकाले नुवाकोटको बेलकोट स्वास्थ्यचौकीको सिलान्यास नेपालका लागि दक्षिण कोरियाका राजदुत चोइ योंगजिनले गरेका छन्। महामहिम राजदूत चोईले उक्त अवसरमा भने– २०१५ डिसेम्बर १० का दिन कोरिया सरकार परराष्ट्रमन्त्रालय र नेपाल सरकार स्वास्थ्य मन्त्रालयबीच भएको वार्ता र सम्झौता अनुसार लगभग ८ मिलिएन अमेरीकी डलरको पुनःनिर्माण परियोजनामा कोरियाले सहयोग जुटाउको छ। यो सहयोगअनुसार नुवाकोट जिल्लामा एउटा जिल्ला अस्पताल र १० वटा स्वास्थ्य चौकीको निर्माण थालनी भइसक्यो। स्वास्थ्यचौकीहरु नुवाकोटका रातेमाटे, दुइपिपल, चारघरे, बेलकोट, सुर्यमति, थाप्रेक, पन्चकन्या, घांगफेदी, लिखु र सीसडोल रहेका छन्।
राजदूतका अनुसार स्थानीय परियोजनालाई कोइका, युनडिपी, जिएनआइ, जिआइजेड र जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला कार्यालयको सामुहिक प्रयासमा कार्यवन्यन गरिनेछ। युएनडिपिले निर्माण स्थलको प्राविध समिक्षा गर्दै भुकम्प प्रतिरोधात्मक र निर्माणयोग्य जमीन बनाउने जिम्मा लिएकोछ भने जिएनआइले उक्त निर्मित स्वास्थ्य भवनबाट गुणस्तर स्वास्थ्य सेवाको सुचारु गर्ने जिम्मेवारी कबुल गरेको छ। जिआइजेटले नुवाकोट जिल्लाको स्वास्थ्य सुचनालाई अनलाईन व्यवस्थापन प्रविधिमा रुपान्तरण गर्दै व्यवस्थित पहुचमा पुर्याउने छ। कोरीया सरकारले कोइका मार्फत उक्त परियोजनालाई अर्थिक सहयोग गरेको हो।
बेलकोटमा गरिएको उक्त शिलन्यास कार्यक्रमपछि यो निर्माण कार्य सहज तरिकाले सम्पन्न हुने विश्वास जगाएको छ। खासगरी स्थानिय बासिन्दा तथा स्वास्थ्य चौकीको अगुवाई, जिल्ला स्वास्थ्य कार्यलयको सहकार्य, जिल्ला सरकारी निकायको प्रमुखहरुको सहभागिता र कोइका तथा सयुक्तराष्ट्र संघ, जर्मन सरकार र जिएनआइको आर्थिक तथा प्राविधिक सहयोगको एकिकृत प्रयासले परियोजना सम्पन्न भएर जनतालाई लाभ हुने राजदूत चोइको विश्वास छ। दक्षिण कोरिया नेपालको स्वार्थरहित मैत्री मुलुक हो जसले ३५ हजारभन्दा बढीलाई रोजगारीसमेत दिएर युवाहरुको आकर्षक मुलुक बनेको छ।
दक्षिण कोरिया, जापान र अमेरिका एक ढिक्का
उत्तर कोरियाको उग्रता विरुद्ध दक्षिण कोरिया, अमेरिका र जापान एक ढिक्का भएका छन्। उत्तर कोरियाको उग्रता विरुद्ध यो एकता भएको हो। उत्तर कोरियाको आणविक हतियारको चेतावनी विरुद्ध कसरी सामना गर्नेे भन्ने विषयमा यी तीन राष्ट्रको एकताशक्ति चिन्तनमा जुटेको छ। उत्तरको आणविक धम्कीले तनाव बढाउँदै लगेको छ।
आगामी महिनादेखि तीन राष्ट्रको संयुक्त सामरिक शक्ति उत्तर कोरिया विरोधी अभ्यासको थालनी गर्ने सोलका अधिकारीले बताएका छन्। दक्षिण कोरियाको रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको सेनाले प्रशान्त महासागरको किनारास्थित हवाईमा गर्दै आएको सामुद्रिक सुरक्षा अभ्यासक्षेत्र नजीकै पानीभित्र जुन २८ मा गरिने उक्त अभ्यासमा उत्तरले गर्नसक्ने सम्भावित क्षेप्यास्त्रहरूलाई पत्ता लगाउने तरिका सुरक्षाकर्मीहरुलाई सिकाइने छ। सैन्य अभ्यासका क्रममा अमेरिकाले क्षेप्यास्त्रसहितको विमानलाई सामुद्रिक इलाकामा उडाएको अभिनय गर्नेछ।