Advertisement Banner
Advertisement Banner

११ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

यूएईको परराष्ट्रमन्त्री शेख अब्दुल्लाह नेपाल आउँदै

०९ मंगलबार , बैशाख २०८२२ दिन अगाडि

यूएईको परराष्ट्रमन्त्री शेख अब्दुल्लाह नेपाल आउँदै

संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नायन दुई दिने औपचारिक भ्रमणमा नेपाल आउँदैछन् । ​यूएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह आज साँझ काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई दिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका शेख अब्दुल्लाहले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री शेख अब्दुल्लाह पाकिस्तान भ्रमण सकेर आज नेपाल आउन लागेको बताइएको छ । सन् २००६ देखि यूएईको परराष्ट्र सम्हालिरहेका मन्त्री शेख अब्दुल्लाह यूएईको राजपरिवारका उच्च पदस्थ अधिकारीसमेत हुन् ।

आज राति पौने ९ बजे काठमाडौं आइ पुगेपछी भोलि दिउसो ३ बजे सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग र ४ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेर बेलुकी ५ बजे युएई प्रस्थान गर्ने बताइएको छ ।