Advertisement Banner
Advertisement Banner

११ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगे

०९ मंगलबार , बैशाख २०८२२ दिन अगाडि

भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगे

भारतीय विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री दीपक खड्काको निमन्त्रणामा मन्त्री खट्टर दुई दिने नेपाल भ्रमणका लागि आएका हुन् ।

श्रीमतीसहित आठ सदस्यीय टोली लिएर काठमाडौँ आईपुगेका मन्त्री खट्टरलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । यसअघि २०८१ माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

नेपाल भ्रमणमा आएका विद्युतमन्त्री खट्टरले आज दिउँसो कोशी कोरिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन,२२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

संखुवासभाको तुम्लिङटार सबस्टेसनबाट संरचनाको उद्घाटन गरेर अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्ने र साँझ काठमाडौँ फर्केर प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको संयुक्त कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी रहेको छ ।

त्यसतै मन्त्री खट्टर भोलि बिहान मुक्तिनाथ दर्शनका लागि मुस्ताङ्ग जाने र दिउसो काठमाडौँ फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गरि साँझ पशुपतिनाथको आरतीमा सहभागी भएर नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको बताइएको छ ।