
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपछि भएपछि ‘मेक अमेरिका फस्ट अगेन’ भनेर चुनावमा लगाएको नारालाई सार्थक बनाउनतिर लागेका छन् । यहीकारण जो अपराधमा संलग्न छ, जो गैह्रकानुनी रूपमा बसोबास गरिरहेका छन्, तिनलाई अमेरिकाबाट निकाल्न कडा रूख अपनाइरहेका छन् । जसले अमेरिकी नीतिमा खलल पार्छ, तिनीहरूसँग अमेरिकाले जस्तालाई तस्तै नीति अख्तियार गरेर विश्वभरि तरङ्ग उत्पान्न गराइरहेको देखिन्छ ।
यसैवीच अमेरिकी प्रशासनले ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने नयाँ सूची सार्वजनिक गरेको छ । द न्यु योर्क टाइम्सका अनुसार भुटानलगायत ११ देश अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुगला र यमनमाथि अमेरिकाका लागि पूर्ण प्रतिवन्ध लगाएको छ ।
कसलाई अनुमति दिने वा नदिने भन्ने विषयमा कडा भिसा नीति अन्तर्गतका मुलुकहरूको सूचीमा बेलारूस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रूस, सियरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तान रहेका छन् ।
धन्न नेपाल प्रतिवन्धमा परेका ४३ देशको सूचीमा परेको छैन । यद्यपि संशेधन सूचि पनि आउन सक्ने बताईएको छ । अमेरिकाले नेपालमा युएसआइडीदेखि एमसीसी सम्मका लगानीमा रोक लगाएको छ । यसैवीच खबर आएको छ, युएसआइडीका विश्वभरका सञ्जालबाट १० हजार कर्मचारी हटाएको छ ।
अमेरिकाले नेपाललाई अनेक विकास आयोजना र शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग दिदै आएको थियो । हजारौं एनजीओ र आइएनजीओ चलेका थिए । ती सबैको ओठमुख सुकेको अवस्था छ । राष्ट्रपति ट्रम्पले सहयोगको दुरूपयोग भएकोमा नेपालमाथि ‘ठगी गरेको’ आरोप समेत लगाएका छन् ।
यद्यपि नेपालमा र नेपालीलाई भिसा रोकिएको छैन । हो, भिसा पाउनेको प्रतिशतमा कमी आएको छ ।