Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

रसियन राष्ट्रपति पुटिन भारत आउँदै

१४ शुक्रबार , चैत्र २०८१४ दिन अगाडि

रसियन राष्ट्रपति पुटिन भारत आउँदै

‘रूस र भारत - एक नयाँ द्विपक्षीय एजेनन्डातर्फ’ सम्मेलनमा रुसका विदेश मन्त्री लाभरोभले प्रष्ट पारेपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपालको दक्षिणी छिमेकी भारत भ्रमणमा आउने समाचार सार्वजनिक भएको छ । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणको तयारी थालिएको बताएका छन् । पीटीआईका अनुसार राष्ट्रपति पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो स्वीकार गरेका छन् ।
यसैवीच रुसी समाचार एजेन्सी टीएएसएसले विदेश मन्त्रीलाई उद्धृत गर्दै लेखेको छ, ‘राष्ट्रपति पुटिनले भारत सरकारका प्रमुख (प्रधानमन्त्री नरेन्द्र मोदी) को तर्फबाट दिएको निमन्त्रणा स्वीकार गर्नुभएको छ । रूसी राष्ट्र प्रमुखको भारतको भ्रमण तयारी सुरू भइसकेको छ ।’
तर मिति प्रष्ट भएको छैन । युक्रेनसँगको युद्ध रोकिने रोकिने वातावरण बनेको छ भन अमेरिकाले टेरिफका विषय अघि बढाएको स्थितिमा रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा जाने निधो भएको हो ।