Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

अमेरिकी आक्रामक नीतिले विश्वभरि हलचल

१२ बुधबार , चैत्र २०८१८ दिन अगाडि

अमेरिकी आक्रामक नीतिले विश्वभरि हलचल

भेनेजुएलाबाट तेल, ग्यास किने २५ प्रतिशत कर अमेरिकी पछिल्लो निर्णय हो ।
अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूलाई २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि कम्युनिष्ट व्यक्ति र देशले तीब्र प्रतिकृया दिएका छन् । अमेरिकाले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको सम्मका आरोप लगाएका छन् । अमेरिकाको आलोचना गर्नेमा चीन अग्रपंक्तिमा देखिएको छ ।
राष्ट्रपति ट्रम्पले अप्रिल २ देखि भेनेजुएलाको तेल, ग्यास किन्ने मुलुकहरू माथि अमेरिकामा प्रवेश गर्ने तिनका सबै वस्तुहरूमाथि अतिरिक्त २५ प्रतिशत कर लगाउने घोषणा भइसकेको छ । स्मरणीय छ, चीन भेनेजुएलाको तेलको सबैभन्दा ठूलो ग्राहक हो । भारत, स्पेन र संयुक्त राज्य अमेरिका स्वयं पनि भेनेज्वेलाको तेल आयातक हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता गुओ जियाकुनले भनेका छन्– भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र भेनेजुएलामाथि लगाइएको एकपक्षीय प्रतिबन्धहरू समाप्त गर्न आह्वान गर्दछौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेज्वेलामाथि आतंककारीहरु अमेरिका पठाएको आरोप लगाएको छ । थुप्रै भेनेज्वेलाका इलिगल नागरिकलाई अमेरिकाले निस्कासित गरिसकेको छ । लाखौं इलिगलहरुलाई निस्कासित गर्ने क्रम चलाइरहेका छन् ।
प्रश्न अमेरिकाले अमानवीय स्वभाव देखाएर निस्काशन गरेको सवाल उठाइने गरेको छ भने ट्रम्पले मेक अमेरिका ग्रेट अगेन भन्ने आफ्नो चुनावी प्रतिवद्धतालाई पूरा गर्न कसैको आक्षेपको पनि वास्ता गरेको देखिदैन । अमेरिकी आक्रामक राजनीतिक र कूटनीतिक स्वभावबाट विश्वभरिनै तरङ्ग फैलिएको छ ।