Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

बेचिएका मूर्ति फिर्ता हुदैछन्

०७ शुक्रबार , चैत्र २०८११३ दिन अगाडि

बेचिएका मूर्ति फिर्ता हुदैछन्

नेपालका धार्मिक सम्पदा मठमन्दिर र पाटीपौवाबाट चोरी गरेर अमेरिका बेचिएका २० वटा ऐतिहासिक सम्पदा नेपाल फिर्ता गरिएका छन् ।
लामो समयदेखि कार्यरत नेपाल सम्पदा पुनःस्थापना अभियानले यसअघि पनि धेरै मूर्ति र सम्पदाहरू फिर्ता ल्याइसकेको छ । सचिव सञ्जय अधिकारीका अनुसार चोरीनिकासी सम्पदा फिर्ता गर्नकै लागि अभियान स्थापना गरिएको बताएका छन् ।
यसपल्ट फिर्ता ल्याइएका २० वटा सम्पदामध्ये ३ थान पौभा चित्रकला र १७ वटा मूर्ति रहेका छन् । अमेरिकाका थरि थरिका अक्सन, संग्रहालय, व्यक्तिका शोभा र संग्रहमा राखिएका यी सम्पदाहरू लिच्छवी,मल्ल र शाहकालका भएको पुरातत्वविभागका पदाधिकारीले बताएका छन् । यी सबै सम्पदा नेपालका हुन् भनेर बारम्बार ताकेता र प्रमाण देखाएपछि फिर्ता गर्न सफल भएको अभियानले जानकारी दिएको छ । यी सम्पदा इटुम्बहाल, बुङ्मती र अन्य स्थानबाट चोरिएका थिए ।