Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

बेलायती राजकुमारको पत्नी काठमाडौंमा

२२ मंगलबार , माघ २०८१८ दिन अगाडि

बेलायती राजकुमारको पत्नी काठमाडौंमा

बेलायती राजकुमार एडवार्डको पत्नी सोफिया काठमाडौं आइपुगेकी छन् । आज बिहान काठमाडौँ त्रिभुवन विमानस्थलमा अवतरण गरेकी राजकुमार एडवार्डको पत्नी सोफियालाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका थिए ।

उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको र राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ । राजकुमार एडवार्ड काठमाडौं आएपछि उनीहरू दुवै जना लैनचौरस्थित बेलायती राजदूतावास जाने बताइएको छ ।

उनीहरू ६ दिने निजी भ्रमणमा नेपाल आएका र आज दिउँसो सवा ४ बजे शीतल निवास प्रस्थान गर्ने र त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने बताइएको छ । उनीहरु राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता हुने तालिका रहेको छ ।

नेपालको ६ दिने भ्रमण सकेर बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुने समय तालिका रहेको छ ।