Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

ट्रम्प शासन, विश्व हल्लीखल्ली

२२ मंगलबार , माघ २०८१८ दिन अगाडि

ट्रम्प शासन, विश्व हल्लीखल्ली

पानामा नहर, क्यानडा, ताइवानदेखि चीनलाई रोक्ने र भारतलाई तह लगाउनेसम्मका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आदेश, कारवाही र शासन चलाउने तरिकाले विश्वभरि नै हल्लीखल्ली मच्चिएको छ ।
अमेरिकाले चीन, क्यानडा, मेक्सिकोमाथि टेरिफ–भन्सार शुल्क बढाएर ब्यापार युद्ध घोषणा गरेपछि चीनका राष्ट्रपति सीले रूसका राष्ट्रपति पुटिनसँग लामो भिजुअल वार्ता गरेका छन् । एक भएर अघि बढ्न सहमति जनाएका छन् । चीनले मात्र होइन, क्यानडाले पनि आयात गरिने बस्तुमा भन्सार शुल्क बढाइसकेको छ । मेक्सिको पनि जवाफी मूडमा देखिएको छ ।
खासगरी अमेरिका र चीनवीचको यो खिचातानी बास्तवमै विश्वशक्ति बन्ने होडबाजीकावीच भएको व्यापार युद्ध नै हो । युद्ध सुरू भयो, एकदोस्रामा प्रहार पनि सुरू भएको छ । अमेरिकाले स्टिल आलमोनियम लगायतमा ६० अर्ब डलर शुल्क घोषणा गरेको छ भने चीनले अमेरिकी मासु, वाइन, फलफल आदि बस्तु र सामानमा कर बृद्धि गरिसक्यो । क्यानडाले पनि अमेरिकी बस्तुमा १०को बदला २५ प्रति शूल्क बढाएको छ । चीन र अमेरिका दुबै विश्वशक्ति बन्ने प्रतिस्पर्धामा छन् । विज्ञहरू भन्छन्– यो व्यापार युद्ध नै हो । अमेरिकाले खोलेको व्यापार र राष्ट्रबिस्तारको द्वन्द्व र वाक्युद्धले गम्भीर आर्थिक र सामरिक संघर्ष बढाउने आँकलन विश्वव्यापी भएको छ ।
भनिन्छ, अमेरिकाले जुन पछिल्लो कदम चालेको छ, त्यो राष्ट्रिय सुरक्षाको विषयसँग जोडिएको छ । अमेरिका आफ्नो सेना धातुहरूको आयातमा निर्भर हुन नहुने विषय हो यो । अमेरिकाले चीनविरूद्ध यस्ता अनेक निर्णयहरू लिनसक्नेछ । चीनविरूद्धको कदमका पछाडि अमेरिका आफ्ना बौद्धिक र प्रतिलिपि अधिकारको चोरी रोक्न चाहन्छ । चीनले अमेरिकालाई कसरी जवाफ दिनेछ, कुन प्रकारको झट्का दिनेछ, त्यसमा विवादको चुरो कायम हुनेछ । हाललाई अमेरिकी सोयाविन र कार निर्यातमा असर पुग्ने देखिन्छ ।
यसैवीच केही अमेरिकी अधिकारीले चीनसँग वार्ता गर्न तैयार रहेको जानकारी दिएका छन् । दुबै मुलुक विश्व व्यापार संगठनको आचारसंहिताअनुसार चलेका देखिन्छन् । तत्कालीन बुशको कार्यकालमा जस्तो बुमे¥याङ नहोस् भन्नेमा अमेरिका सचेत देखिन्छ । स्मरणीय छ, सन १९६० मा चिकन वार नामको व्यापार युद्ध भएको थियो । यसमा अमेरिकाविरूद्ध जर्मनी र फ्रान्सले मासुमा शुल्क बढाएका थिए ।