Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

विश्वशक्तिको स्वयंसेवक प्रतिस्पर्धा

१५ मंगलबार , माघ २०८११५ दिन अगाडि

विश्वशक्तिको स्वयंसेवक प्रतिस्पर्धा

प्रेम सागर पौडेल : अध्यक्ष– नेपाल–चाइना म्यूचुअल कोअपरेशन - - - -     सोसाइटीयुएसआइडिले नेपालका गैर सरकारी संस्था मार्फत सञ्चालन गर्दै आएका कार्यक्रममा समेत स्वयंसेवक राख्ने सोच बनाएको छ । आफ्नो देशको मात्र नभएर अरू देशले ल्याएका स्वयं सेवकको व्यवस्थापन समेत गर्ने सोच युएसआइडिको छ ।
चीनियाँ स्वयंसेवक रहेको क्षेत्रमा जसरी भएपनि स्वयंसेवक राख्ने सोचका साथ युएसआइडि अहिले अगाडि बढेको छ । नेपालस्थित अमेरिकन दूतावासले समेत शिक्षामा मात्र नभएर अन्य क्षेत्रमा समेत स्वयंसेवक कार्यक्रम सञ्चालनको अनुमतिको लागी नेपाल सरकारसँग आग्रह गरेको छ । नेपाल सरकारले चीनसँग भाषा स्वयंसेवक नेपालका विद्यालयमा पठाउने विषयमा नेपाल सरकारले चीनसँग सम्झौता गरेपछि अन्य पाँच देशका स्वयंसेवकहरू यो कार्यक्रम असफल पार्न एक ठाउँमा उभिएको देखिन्छ । उनीहरूले नेपाल सरकारसँग नेपालको विकासमा सघाउन आवश्यक स्वयंसेवक माग गर्न आग्रह गरेका छन् ।
नेपाल सरकारले संख्या तोक्ने अवस्था नभएका कारण नेपालको ग्रामिण क्षेत्रमा यि देशहरूले सञ्चालन गरेका कार्यक्रममा स्वयंसेवक परिचालनको अनुमति समेत सरकारसँग मागिएको छ । सरकारले अनुमति दियो भने युएसआइडिले मात्र आफ्नो परियोजनाको लागी हजारौं अमेरिकन स्वयंसेवक नेपाल भित्राउने छ । नेपालको ग्रामिण क्षेत्रमा रहेर भाषा शिक्षा प्रदान गर्दै आएका स्वयंसेवक कार्यक्रमहरू पछिल्लो समयमा प्राविधिक क्षेत्रमा केन्द्रित हुँदै गएका छन् । अमेरिकाले पछिल्लो समयमा खाद्य सुरक्षा स्वयंसेवकका रूपमा नेपालको ग्रामिण क्षेत्रमा आफ्ना नागरिकहरू पठाउँदै आएको छ ।