Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

नेपाल मिलेर काम गर्न तैयार

१५ मंगलबार , माघ २०८११५ दिन अगाडि

नेपाल मिलेर काम गर्न तैयार

प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै मिलेर काम गर्न उत्सुक छु भन्ने सन्देश दिएका छन् । प्रधानमन्त्रीले समाजिक सञ्जाल एक्समार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई दिएका हुन् । प्रम ओलीले सन्देशमा लेखेका छन्– ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नु भएकोमा डोनाल्ड जे. ट्रम्पलाई हार्दिक बधाई तथा शुभकामना छ । नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु ।’
तर अमेरिकी कानुनविपरित अमेरिकामा रहेका सबैलाई पक्राउ गर्दै फिर्ता पठाउन थालेपछि राष्ट्रपति ट्रम्पको कार्यकालको सुरूआत विश्वभरि नै चर्चाको विषय बनेको छ । समाचारअनुसार अनियमित रूपमा अमेरिका पसेका र बसेका नेपालीहरूको संख्या ३ हजार रहेको र तिनीहरू फिर्ता पठाउने विषयमा नेपाललेके गर्ला ? नेपालको परराष्ट्रमन्त्रालय र प्रधानमन्त्रीले मुख खोलेका छैनन् ।