Advertisement Banner
Advertisement Banner

२७ बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपतिसमक्ष चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

११ शुक्रबार , माघ २०८१३ महिना अगाडि

राष्ट्रपतिसमक्ष चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

नेपालका लागि विभिन्न चार वटा मुलुकका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा एक आवासीय र तीन गैरआवासीय नेपाली राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेश गर्नेहरूमा नेपालका लागि जापानका आवासीय राजदूत मेडा तोरु, गैरआवासीय राजदूत तुर्कसेनिस्तानका शालार गेल्डिनाजारोभ, लाओसका बाउन्मी भ्यान्मानी, इरानका डा.इराज इलाही लगायत रहेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नुपूर्व नवनियुक्त राजदूतहरुलाई होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसललासहितको बग्गीमा सवार गराइएको जनाइएकाे छ ।