काठमाडौं । पोखरामा फेवा महात्सव हुँदै माघ ६ गते राजधानीमा पहिलोपल्ट भव्यरूपमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । यो नयाँवर्ष महोत्सवमा चिनियाँ राजदूत चेन सोङ् आफै र दूतावासका कूटनीतिक कर्मचारीहरूसमेत सहभागी भएका थिए । विश्लेषकहरू भन्छन्– चीन नेपालमा चीनको चासो बढ्दै गएको छ भन्ने सन्देश दिन चाहेको देखिन्छ ।
पहिले पहिले ससाना कार्यक्रम हुने गरेका थिए । यसपल्ट विभिन्न सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष मनाएको हो । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, राज्यका तर्फबाट उपसभामुख इन्दिरा राणालगायतको उपस्थिति रहेको थयो ।
महोत्सवको अवसरमा चिनियाँ सांस्कृतिक झाँकी, ड्रागनहरूको नाच पनि देखाइएको थियो । जनमानसको सहभागिता राम्रै थियो ।