Advertisement Banner
Advertisement Banner

२८ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

दोस्रोपल्ट बीआरआई सहमति अब कार्यान्वयन रोक्ने प्रयास

२३ मंगलबार , पौष २०८१५ दिन अगाडि

दोस्रोपल्ट बीआरआई सहमति 
अब कार्यान्वयन रोक्ने प्रयास

प्रेमसागर पौडेल  -  -  -
 तिब्बतसँग सिमा जोडिएका नेपालको हिमाली क्षेत्रमा स्याउ, केसर जस्ता महत्वपूर्ण नगदेवालीको व्यवसायिक उत्पादनमा लगानी गर्ने सोचमा म्ँऋ छ । यसोगर्दा चीनियाँ उत्पादनलाई असर पार्न र ती क्षेत्रबाट चीनविरूछ गतिविधि बढाउन सकिन्छ भन्ने अमेरिकी सोच हो । ...अमेरिकाको प्रभाव बिस्तारमा लागेको अन्तराष्ट्रिय विकास वित्त निगम, म्ँऋकोे सकृयता बढेको छ । अर्थमन्त्रालयले म्ँऋकोे कार्यक्रमलाई प्रभावकारी रूपमा बढाएको छ । निजि क्षेत्रसँग सहकार्यमा अगाडि बढाइएको यो कार्यक्रमकोलागी अमेरिकाले २७० मिलियन डलरको ब्यवस्था गरेकोछ ।
    बीआरआईबारे विभिन्न स्वार्थ समूहले भ्रम सिर्जना गर्ने दुष्टप्रयास गरिरहेका छन् । मेरो विश्वास– अब जनता कसैबाट प्रभावित हुनेछैनन् । म्ँऋले लगानी गरेका फार्महरूलाई कालान्तरमा चीन विरोधी केन्द्रको रूपमा विकास गर्ने सोचका साथ अमेरिका लागेको छ । पूर्वअर्थमन्त्री पुनको कार्यकालमा म्ँऋको सञ्जाल बिस्तार भएको हो । अहिले अर्थमन्त्री पौडेल पनि म्ँऋको लगानी ग्रामिण क्षेत्रसम्म पु¥याउने सोचमा छन् । सिमानाको रक्षा गर्न नसक्नेले देशको हितमा किन उभिन खोज्थे र ?
    हाम्रा नेता कस्ता छन् भने प्रत्येक चुनावअघि नेताको अनुहार खपटे र निरश देखिन्छ । जनतामा निकै हौसला अनुभूति हुन्छ । चुनावपछि जनताको अनुहार खपटे र निरश हुँदैजान्छ । नेताको अनुहारमा लाली चढ्छ । 
    जे भइरहेछ, दक्षिणा–पश्चिमाको दानापानी खाएर देशलाई अस्थिर बनाउन र बीआरआई रोक्न अनेकौं नाटक मञ्चन भइरहेको छ ।
आन्तरिक रूपमा र बाह्य सम्बन्धबारे समस्या अनेक छन् । समस्या संकट बनेर संक्रमण फैलाउन थालिसकेको छ । संकट क्रोनिक भइदियो भने उपचारबिहीन अवस्थामा पुगिने ख्याल कुनै पनि राष्ट्रिय पार्टीहरूले गरिरहेका छैनन् । सबै आआफ्ना डम्फु बजाएर स्वार्थको रोटी सेकिरहेका छन्, देशको चिन्ता नगर्ने र देशप्रति बफादार नबन्ने पनि राष्ट्रिय नेता हुन्छन् र ?
यस्तै तत्व नेता बनेका छन् ।
नेपालका प्रायजसो राजनैतिक दलहरूले नेपाल र नेपालीका विरूध्द घात गर्दै आएका छन् । सरकारमा पुग्नका निम्ति विदेशीसँग मोलमोलाई गर्ने र सरकारमा पुगेपछि देशको नागरिकता, नदीनाला, प्राकृतिक सम्पदा, सुरक्षा ब्यवस्था आदि उनीहरूको हितमा सुम्पने काम हुँदै आएको छ  । कुनै दल इमानदार छैनन् । नेपाली भूमि अरूले खाँदा पनि चूपचाप बस्छन् लोकतन्त्रे नेताहरू ।
नेपाली काँग्रेसले कोशी गण्डकीमा भारतीय प्रभाव कायम गर्न सघायो । एमालेले मित्रताका लागि एकदुई एकड जमीन ठुलो कुरा होइन भन्यो र मिचिएका सीमालाई अनुमान गर्ने लक्षण देखायो साथै टनकपुरमा भारतीय प्रभाव कायम गर्न सघायो  । माओवादीले आफैले भन्ने गरेको जनयुध्द सुरू गरेको बेला कट्टुमा दिशा खस्ने गरी भारतीय विस्तारवादको विरोध गर्दै थियो, शान्ति प्रकृयामा आउने क्रममा पचास लाखलाई नेपाली नागरिकता दिनुपर्ने, सेनाको आकार घटाउनु पर्ने आदि विषय उठाएर विस्तारवादीको एजेण्डा कार्यान्वयन गर्न सरकारलाई वाध्य वनायो । 
नेपाली काँग्रेस र नेकपा एमालेलाई साम्राज्यवादी विस्तारवादी पुँजीपति सामन्तको दलाल पार्टी भनेर आरोप लगाउने र आफूलाई जनताको पार्टी भनेर चिनाउन खोज्ने सबै कानै चिरिएका जोगी बने । राष्ट्रिय अखण्डताका लागि कुनै एजेण्डालाई सहीरूपमा उठाएनन् । राष्ट्रियता चुनावी प्रोपगण्डाको रूपमा रह्यो । आज, हरेक पार्टीले बिखण्डनलाई बल पु¥याएर नेपालको एकता र राष्ट्रियतालाई चिरा चिरा पार्न चाहनेहरूको पक्षपोषण गरिरहेछ, पहिले एकल जातीय पहिचान सहितको संघीयता र अहिले बढ्दो भ्रष्टाचारी संघीयताको पक्षमा उभिएर सुशासनरहित राष्ट्रियता कमजोर वनाउने योजनामा सबै नेता सहभागी भइरहेका छन् ।