राष्ट्रसंघले उठाएका प्रश्न यस्ता थिएः पत्रकार डेकेन्द्रराज थापाको २०६५ साल भदौ ६ गतेको हत्या प्रकरणमा कुनै कारवाही प्रकृया सुरू नभएको, काभ्रेका अर्जुन लामा माओवादीबाट मारिने अर्का व्यक्ति हुन्। लामाको हत्यामा संलग्न अग्नि सापकोटा र सूर्यबहादुर दोङ हुन् भनेर उनकी पत्नी पूर्णमाया लामाले प्रहरी कार्यालयमा उजुरी हालिन्, ओखलढुंगामा उज्जनकुमार श्रेष्ठ, गणेशकुमार दाजुभाइ २०५५ र दाइ २०५९ सालमा मारिए । दिदी सावित्री श्रेष्ठले हत्यामा संलग्न बालकृष्ण ढुंगेलको सर्वस्वसहित जन्मकैद ठेकिए पनि उनी सांसद बने, उनीमाथि कारवाही भएन । देहावसान भयो ।
राष्ट्रसंघले दर्ता गरेको १३२४६ र शान्ति मन्त्रालयले बटुलेको १७,८०० को हत्यासंख्यामध्ये माओवादी र प्रहरी बाहेकको संख्याका पीडितहरूको पीडा एउटै थियो, कायमै छ । संयुक्त राष्ट्रसंघ–मानवीय अपराध गर्नेहरूलाई दण्डित गर, अपराधीले दण्ड पाउनैपर्छ भनेर ‘नेपालको द्वन्द्व प्रतिवेदन’ लेखियो । लेखेरमात्र के गर्ने राष्ट्रसंघ त्यसपछि मौन रहेको छ । ६ महिनामा संक्रमणकालीन न्याय दिने भनियो, १८ वर्षमा बेपत्ता र मेलमिलाप आयोग गठन गर्ने कुरा भाँडिएको छ ।
अनमिनले अयोग्य भनेर बहिर्गमित लडाकुहरू ४ हजार ८ जना थिए, तिनले न्याय पाए पाएनन्, २ हजार ५ सय बिदाई प्रकृयाबाट बाहिरिएका थिए, तिनको गति के छ ? हामी ७ हजारजति छौं भन्ने पूर्व लडाकु नेता जनयुद्धमा ज्यान बाजी लगाएर लड्ने हामीलाई कसैले वास्ता गरेन भन्थे, ती पनि मौन छन् ।
यो देशमा शान्ति कसरी आउँछ ?