Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

२०२५ चीनको नेपाल भ्रमण वर्ष

०२ मंगलबार , पौष २०८१५ दिन अगाडि

२०२५ चीनको नेपाल भ्रमण वर्ष

प्रधानमन्त्रीको चीन भ्रमणपछि नेपालमा लगानी वातावरण बन्यो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो भ्रमणका बेलामा लगानी वातावरण रहेको प्रचारप्रसार गर्न सफल भएको बीआरआईको कार्यान्वयनबारे न्युज एजेन्सी नेपालको कार्यक्रममा यस्तो बताएका हुन् । भ्रमणका बेलामा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, निजी क्षेत्रले लिने पहलबारेमा चिनियाँ व्यवसायीहरूलाई जानकारी गराएको भनेका छन् ।
नेपालमा चिनियाँ बैंक खोल्ने, पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडान गर्ने र क्रेडिट रेटिङमा सुधार तथा २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद् रहेको बताएका छन् । उनले सडक, हवाई, रेल र सञ्चार सञ्जालबाट चीनसँग जोडिएर नेपालको समुन्नतिमा लाग्नुपर्ने विचार राखेका छन् ।