भारतीय सेनाको मानार्थ महारथी स्वीकार गरेर प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन् । कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत उच्च सुरक्षा र सैन्य अधिकारी तथा दूतावासका अधिकारीहरूसमेत उपस्थिति रहेका थिए ।