चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । चीनकाे ४ दिने ओेपचारिक भ्रमणमा रहेकाे नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगकाे भेटमा राष्ट्रपति सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि अनुदान सहयाेग गर्ने घोषणा गरेका हुन् ।
हिँजाे मंगलबार भएकाे भेटमा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने बताइएकाे छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताएका थिए ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो समेत दिएका थिए ।