एमसीसी अन्तर्गत ४ सय केभी प्रसारण लाइनको ठेक्का आह्वान गरिएको छ । २९७ किलोमिटर लामो प्रसारण लाइनको सूचनाअनुसार प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि बोलपत्र आह्वान गरेको जनाइएको छ । एमसीसीलाई असफल पार्न भारतीय ठेकेदारहरूले ६६ प्रतिशत उच्च बोलपत्र लागत प्रस्ताव गरेकाले बोलपत्र रद्द गरिएको थियो । यो नयाँ टेन्डर आह्वान हो ।
बेला बेलामा दूतावासले सार्वजनिक जानकारी दिने गरेको छ । अमेरिकी दूतावासले सामाजिक सञ्जालमा लेखेको छ– एमसीसी नेपाल कम्प्याक्टः १००% पारदर्शी अमेरिकी अनुदान !
के तपाईंलाई थाहा छ ? एमसीसी परियोजनाका कागजातहरू सबैका लागि खुला, पारदर्शी र सहजै पहुँचयोग्य छन् । हामी खुला, न्यायसंगत र प्रतिस्पर्धी बोलपत्र प्रक्रियामा विश्वास गर्छौं र हाम्रो प्रक्रिया १००% पारदर्शी छ ।
हाम्रो ६–भागको श्रृङ्खला हेर्नुहोस् जहाँ हामी एमसीसी नेपाल कम्प्याक्टका प्रमुख तथ्यहरू र यसको प्रभावशाली विकासकाबारे जानकारी दिनेछौं ! तपाईं Millennium Challenge Corporation – MCC को प्रगति रिपोर्टहरू र सम्झौताहरू यी दुई वेबसाइटहरू – mcc.gov / mcanp.org – बाट सजिलै पढ्न सक्नुहुन्छ ।MCC Nepal Compact: A 100% Transparent U.S. Grant!
#DYK¿ MCC project documents are open, transparent, and available to everyone. You can easily access Millennium Challenge Corporation - MCC progress reports and agreements at these two websites – mcc.gov and mcanp.org
We believe in open, fair, and competitive bidding processes and our process is 100% transparent.
Stay tuned for our six-part series, where we'll cover the key facts about the MCC Nepal Compact and its transformative impact! #MCCNepal
एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई चार भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदैछ । त्यसमध्ये न्यु बुटवल–गोरखपुर प्रसारणलाइनको नेपालपट्टिको १८ किलोमिटर खण्डको ठेक्का १ करोड २४ लाख अमेरिकी डलरमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १४ भदौ ०८१ मा सम्झौता भएको थियो । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण सम्पन्न हुनेछ ।
एमसीए नेपालले यो बाहेक प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्ड र तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन पर्ने भनेको छ । प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा १७ माघ २०८१ सम्म राखिएको छ । एमसीए नेपालका अनुसार यसपल्ट ठेक्कामा धेरै सुधार गरिएको छ । बाँकी २ सय ९७ किमि प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरूचि बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुने एमसी नेपालको विश्वास छ ।
एमसिए–नेपाल, नेपाल सरकार तथा एमसीसीका वातावरणीय एवं सामाजिक मापदण्डको पालना गर्दै प्रसारण लाइन निर्माण कार्य सफल पार्ने भनेको छ ।
एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना ५ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।
त्यसमध्ये ३ सय १५ किलोमिटर ४ सय केभी क्षमताको प्रसारण लाइन, ४ सय केभीकै तीनवटा सबस्टेसन तथा दाङको भालुबाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने तीन परियोजना रहेका छन् ।
५ वर्षमा निर्माण नभए अनुदान फिर्ता जानेछ । गत वर्षको १३ भदौमा कार्यान्वयन सुरू भइसकेको छ । नेपाल र अमेरिकाबीच २०७४ भदौ १४ मा सम्झौता भएर संसदबाट प्रस्ताव पारित भइ कार्यान्वयनमा गएको हो ।