K P Sharma Oli @kpsharmaoli Currently talking to Elon Musk @elonmusk
प्रधानमन्त्री केपी ओलीले भावी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सहयोगी र ट्रम्प सरकारमा शक्तिशाली पद बहाली गर्ने भएका एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् । ओलीको यो वार्ता भनेको नेपालमा एलन मस्कको स्टार लिंक भित्र्याउने, अमेरिकी सहयोग बढाउने र विकासमा योगदान गर्ने नै हो ।
नेपालमा अमेरिकी अनुदानमा पूर्वाधार विकासका योजना कार्यान्वयनमा गएका छन् । यो बेलामा एलन मस्कका उद्यम नेपालमा प्रवेश गर्नु भनेको अर्थपूर्ण मात्र हुनेछैन, नेपालको कायापलटमा पनि योगदान दिनसक्छ । मुख्य सवाल भनेको नेपालको प्रशासन र राजनीतिक नेतृत्वको क्षमता हो । लगानी मैत्री वातावरण बनाउन सक्ने हो भने नेपालका लागि अर्को अवसर प्राप्त हुनेवाला देखिन्छ ।