Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री ओली एलन मस्क वार्ता

१२ बुधबार , मंसिर २०८१एक महिना अगाडि

प्रधानमन्त्री ओली एलन मस्क वार्ता

एलन मस्क राष्ट्रपति चुनाव बिजयी ट्रम्पका विशेष सहयोगी हुन् । उनले मन खोलेर खर्च गरे, ट्रम्पलाई बिजयी बनाए । बिजयी ट्रम्पले आफ्ना विशेष सहयोगीका रूपमा एलन मस्कलाई चुनेका छन्, सरकारमा पनि महत्वपूर्ण पद दिने घोषणा गरिसकेका छन् । हालै रिपोर्ट आयो, संसारकै धनी व्यक्ति हुन एलन मस्क सफल भए ।
यसअघि नै एलन मस्कले एक टिम पठाएर नेपालमा स्टार लिंकको सेवा दिन चाहेको र सतप्रतिशत लगानी गर्न खोजेको प्रस्ताव गरेका थिए । नेपालको कानुन बदल्न समेत सरकार तैयार भएको छ । अब एनको स्टार लिंक नेपालमा प्रवेश गर्ने पक्का छ ।
एलन मस्क ती व्यक्ति हुन्, जसले प्रविधिको दुनियाँमा हलचल नै ल्याएका छन् । उनको महत्वकांक्षा भनेको अन्तरिक्षमा मानव बस्ती बसाल्ने हो । उनी यही काममा लागेका छन् । उनको कम्पनीले अन्तरिक्षमा अड्केकी भारतीय यात्रीलाई समेत आफ्नो यानबाट पृथ्वीमा फर्काउने छन् ।
नेपालमा अन्तरिक्षबाट फास्ट र फ्रि इन्टरनेटको स्थापनापछि नेपालमा विकासले ठूलो फड्को मार्नेछ । यसका लागि नेपालले लगानीको वातावरण, प्रशासनिक झमेलाको अन्त्य, दिनुपर्ने सेवा र सुविधामा स्तरोन्नति, भ्रष्टाचारको वातावरणको अन्त्य आदि छन् । नानीदेखि लागेको बानी भनेझैं ७६१ सरकार नै भ्रष्टाचारमा चुर्लुम्मै डुबेका कारण र अन्य राजनीतिक समस्याले गर्दा नेपाल दण्डहीन मुलुकमा दरिइसकेको छ । यो अवस्थाको सुधार नेपालको पहिलो चुनौति हो ।
नेपाल सरकारले नेपालमा एलन मस्कको स्टारलिङ्क इन्टरनेट सेवाका लागि बाटो खोल्ने तयारी गरेको छ । हालैको घोषणामा राष्ट्रपति रामचन्द्र पौडलले दुर्गम र चुनौतिपूर्ण इलाकाहरूमा स्याटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा सुरू गर्ने योजनाको खुलासा गरेका छन् । यो एलन मस्कलाई भित्र्याउने संकेत हो ।
आगामी आर्थिक वर्षमा आफ्नै उपग्रह प्रणाली स्थापना गर्ने र सूचना प्रविधिको पूर्वाधार अभिवृद्धि गर्ने सरकारी योजनाका उपायहरू समावेश छन् । थप रूपमा, डाटा सेन्टरहरू, राष्ट्रिय ज्ञान पार्कहरू, र साइबर सुरक्षा प्रोटोकलहरूका लागि मापदण्डहरू एजेन्डामा छन् । सार्वजनिक एजेन्सीहरूले बलियो र सुरक्षित सूचना प्रणाली सुनिश्चित गर्दै हार्डवेयर, सफ्टवेयर र सञ्जाल सुरक्षाको प्राविधिक परीक्षण गर्नेछन् । यसबाहेक, ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने प्रयासहरू हाइलाइट गरिएको छ, जसले राष्ट्रव्यापी इन्टरनेट पहुँचलाई गति दिने लक्ष्य राखेको छ ।
यसका लागि शतप्रतिशत लगानीमा स्याटेलाइट इन्टपठाएका हुन् । उनले दिने इन्टरनेट फास्ट र फ्रि हुने प्रस्तावमा उल्लेख छ । एलन मस्कले दिएको यो प्रस्ताव कमिशनमुखीका लागि उपयुक्त नभए पनि राष्ट्रिय दृष्टिकोणले स्वागतयोग्य नै छ । तर कमिशन एजेण्डहरूले मस्कलाई रोक्न प्रयास त गर्लान् तर विश्वशक्ति बनिसकेको अमेरिकी सरकारका प्रतिनिधिको योजनालाई रोक्न सक्लान् र ? प्रम ओलीले मस्कसँग वार्ता गरेपछि राजनीतिक र कूटनीतिक बृत्त तरङ्गि भएको छ ।
भ्यिल ःगकप अमेरिकी राष्ट्रपति चुनावदेखि चुनावी नतिजा र त्यसपछि समेत प्रभावकारी व्यक्ति मानिन्छन् । इलन मस्क cofounded six companies, including electric car maker Tesla, rocket producer SpaceX and tunneling startup Boring Company. Elon Reeve Musk FRS is a businessman and investor known for his key roles in the space company SpaceX. उनी ५३ वर्षका साउथ अफ्रिकामा जन्मेका हुन् । वर्तमान कालखण्डमा अमेरिकी शक्ति र प्रविधिको दुनियाँका बादशाह नै बनेका छन् भन्दा हुन्छ ।
मस्कको स्टारलिंकले नेपालमा इन्टरनेटका लागि पटक पटक सम्पर्क गरेको छ । दूरसञ्चार नियामक संस्थामा प्रस्ताव गएको छ । नेपाललाई फास्ट र फ्रि इन्टरनेट सेवा दिन्छु भनेर नेपाल पसेको स्टारलिङ्को प्रस्ताव छिटै मन्त्रिपरिषदमा जाने र सरकारले निर्णय गर्ने सम्भाबना रहेको छ । पूर्व प्रधानमन्त्री प्रचण्डले भित्र्याउन लागेको यो कम्पनीलाई ओली सरकारले भित्र्याउने तैयारी गरिसकेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका वरिष्ठ अधिकारी ठाडो प्रस्ताव लगेर क्याविनेटबाट पास हुने बताउँछन् ।
स्टार लिङ्क साँडे २ अर्व डलर सम्पत्ति भएको विश्वकै धनी व्यक्ति मस्कको कम्पनी हो । नेपालमा स्टार लिंक भित्र्याउन अमेरिकी दूतावासका बरिष्ठ अधिकारीले नै समन्वय गरिरहेका छन् । प्रत्यक्ष स्याटेलाइट जडानमार्फत भरपर्दो, किफायती र उच्च–प्रविधि इन्टरनेट सेवा प्रदान गर्न सक्ने नेपालमा स्टारलिङ्कको सञ्चालनमा बाधा पु¥याउने रेड टेपमाथि दूतावासले बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । यो कम्पनी भित्र्याउन कानुनमा समेत संशोधन हुनसक्नेछ । अहिलेसम्म ८० प्रतिशतमात्र विदेशी लगानी गर्न पाइन्छ । तर यो कम्पनी सबै लगानी आफै गर्न चाहिरेको छ । नेपाल टेलिकमका अधिकारी भन्छन्– उनीहरू नेपाल आउन इच्छुक थिए र हामी नेपालमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने प्रस्तावलाई स्वीकार गर्दैछौं । हामीलाई स्टारलिङ्कले प्रदान गर्ने आधुनिक र बलियो, भरपर्दो प्रकारको इन्टरनेटको जरूरत छ । नियमितताका लागि हाइब्रिड इन्टरनेट जडान हाम्रो कठिन भौगोलिक भूभागका लागि उपयुक्त छैन । यो कम्पनीले हाल महाद्वीपका चार दर्जन भन्दा बढी देशहरूमा इन्टरनेट सेवा दिइरहेको छ । अब नेपाल पस्ने सुरसारमा योजना अगाडि बढाइरहेछ ।
स्टारलिङ्कको उन्नत प्रविधिलाई नेपाल भित्र्याउन जरूरी छ, राज्यका अधिकारी भन्न थालिसकेका छन् । उत्तर र दक्षिण भने यो प्रविधि नेपालमा भित्रियो भने उनीहरूको सुरक्षामा समेत असर गर्नसक्छ । हुनसक्छ ओलीको चीन भ्रमणका समयमा यो विषयको उठान पनि हुनसक्छ ।      – न्यूज डेस्क