Advertisement Banner
Advertisement Banner

०५ शुक्रबार, असार २०८३1st June 2026, 10:58:34 pm

अग्निपथको कुरै भएन

११ मंगलबार , मंसिर २०८१२ बर्ष अगाडि

अग्निपथको कुरै भएन

१९५० मा सुरू भएको मानार्थ महारथीको आदानप्रदानको क्रममा काठमाडौं आउनु भएका भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख सबैसँग भेटवार्ता गरिसकेपछि पोखरा पुगेर  पेन्सन क्याम्पमा भेला भएका भूतपूर्व गोर्खा सैनिकलाई वीरता पुरस्कार विजेताहरूलाई सम्मान गर्नुभयो,   सेनाका पृतनाको निरीक्षण र विभिन्न मन्दिर दर्शन गरेर फर्किएका छन् ।
विशेष गरी भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । त्यहाँबाट चीनतिर निकैबेर दृश्यावलोकन पनि गरेका थिए । उनको यो चीनतिरको दृष्टि र दृष्टिकोणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपाल भारतवीच सैन्य कूटनीति निकै सफल छ । सेना सेनावीचको सम्बन्धकै कारण २०१५ को नाकाबन्दी खोल्न सम्भव भएको थियो । नेपाली नेता र भारतीय नेतावीच जतिसुकै राम्रो सम्बन्ध भए पनि, रोटी बेटीको सम्बन्ध भने पनि भारतको दबदबाका कारणले दुई देशवीचका ठूला ठूला समस्या समाधान हुनसकेको छैन । यहाँसम्म कि नेपाली भूमिको विषयमा समेत कूटनीतिक तिक्तता बढ्दो छ ।