Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा

०४ मंगलबार , मंसिर २०८१एक महिना अगाडि

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा

भोलि भारतीय सेनाध्यक्ष आउने
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलको निम्तोमा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भोलि नेपाल आउने कार्यक्रम छ । मंसिर ९ गते फर्कने तालिका रहेको भारतीय सेनाध्यक्षले नेपालको भ्रमणका बेलामा सैनिक मञ्च टुँडिखेलस्थित  वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट, कमाण्ड तथा स्टाफ कलेजका  शिक्षार्थीहरूसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको  भ्रमण गर्ने कार्यक्रम रहेको जङ्गी अड्डाले जाएको छ ।
मुख्य कार्यक्रम भनेको राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर ६ गते एक विशेष समारोहका बीचच भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ । भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।