Advertisement Banner
Advertisement Banner

०६ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा आउदै

२९ बिहिबार , कार्तिक २०८१७ दिन अगाडि

भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा आउदै

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी मंसिर ५ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय स्थल सेनाध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आउने भएका हुन् ।

प्रधानसेनापति सिग्देलको निमन्त्रणामा ५ दिने भ्रमणका लागि नेपाल आउँ लागेका द्विवेदीले भ्रमणका क्रममा सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् भने जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाका अनुसार भ्रमणकाक्रममा उनी पश्चिम पृतना हेडक्वाटरको समेत भ्रमण गर्ने बताइएको छ । त्यस्तै नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन् ।

नेपाली सेनाका अनुसार ५ दिने नेपाल भ्रमणमा आउन लागेका जनरल द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राइसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।