Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

चीन भ्रमण आत्मसम्मान कि आत्मघात ?

२८ बुधबार , कार्तिक २०८१एक महिना अगाडि

चीन भ्रमण आत्मसम्मान कि आत्मघात ?

परराष्ट्रमन्त्री डा.आरजु राणालाई नेपाल भ्रमणको निम्तो पठाएका प्रम ओलीको निम्तोको जवाफ भारतीय प्रम नरेन्द्र मोदीले दिएनन् । यसपछि ओलीले चीनलाई गुहार लगाए, चीनले निम्तो दिएको छ । प्रम ओली मंसिर १७ देखि २१ गतेसम्म चीन भ्रमण जाने भएका छन् । तर परराष्ट्रमन्त्री राणालाई यसबारेमा कुनै जानकारी दिइएन ।
यो भ्रमणमा चीनले नेपाललाई बीआरआई कार्यान्वयन गराउने पत्रमा सही गराउने छ । प्रम ओलीले पोखरा विमानस्थल निर्माणमा चीनको एक्जिम बैंकको ऋण मिनाह गराउने भनिदैछ ।
ओली राष्ट्रसंघमा संवोधन गर्न अमेरिका गए पनि ओलीको पहिलो विदेश भ्रमण चीन हुनलागेपछि भारत रिसाएको छ, नेपाल चीनको पोल्टोमा पुगेको आरोप लगाउँदै छन् भारतीय छापाहरू । नेपालले चीनमा चुच्चेनक्सा राखेर नोट छाप्न दिएको विषयमा भारत आक्रोसित छ । भारतले निम्तो नदिएकै कारण ओलीले चीन भ्रमण गर्न थालेका हुन् । ओली चीन निकट पुगेको भारतको पहिले देखिकै आरोप छ । भारत कालापानी लिम्पियाधुरा भारतकै हो भन्नेमा रहेको छ । जब कि ती क्षेत्र नेपाली भूभाग हुन् । ओलीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङको निम्तो छ, यो भ्रमण समयमा चीनका राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ । चीनले परराष्ट्रमन्त्रीलाई भने निम्त्याएन । प्रम ओलीको चीन भ्रमणको तैयारीमा प्रमकै विशेष सल्लाहकारहरू लागेका छन् । यद्यपि प्रमसँग परराष्ट्रमन्त्री चीन जानेछिन् । तर चीनमा राष्ट्रपति र प्रमसँग वान टु वान वार्ता हुने र त्यसपछिमात्र सहमतिमा सही हुने विज्ञहरूले बताएका छन् ।
यसैवीच बीआरआई कार्यान्वयनमा के गर्ने ? प्रम कार्यालयले परराष्ट्र, गृह र अर्थसँग राय मागेको बुझिएको छ । तर चीन विज्ञहरू भन्छन्– बीआरआईमा सम्झौता नहुनसक्छ । जानाजान सन्तुलनको कूटनीति त्यागिने छैन । नेपाल भूराजनीतिको गोलचक्करमा फसिसकेकाले फुकी फुकी कदम चाल्नुपर्ने छ । यद्यपि चीन भ्रमणमा जानु पनि गलत आत्मघात भनेका छन् केहीले । केहीले भने आत्मसम्मान भन्छन् ।
नेपालले अनुदान खोजेको, ऋण नलिने दबाबमा रहेको नेपालले बीआरआई कार्यान्वयन नगर्नुको कारण रहेको छ । चीनले छिटो बीआरआईका १३ योजना कार्यान्वयन गर्न दबाब बढाएको छ । चीनका राजदूत चेन सोङ भ्रमणअघि निकै सकृय छन् । चीन अनुदानमा योजना दिने र कम ब्याजदर कायम गरेर  बीआरआई कार्यान्वयन गराउला ?