Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अपर मुस्ताङमा पर्यटकको भीड

२८ बुधबार , कार्तिक २०८१एक महिना अगाडि

अपर मुस्ताङमा पर्यटकको भीड

अपर मुस्ताङमा पर्यटकको भीड लागेको छ । आन्तरिकभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकहरू अपर मुस्ताङ पुगिरहेका छन् । अपर मुस्ताङमा ९ महिनामा एक लाखभन्दा बढी पर्यटक भित्रिनु नेपालमा पर्यटनको कुन महत्व रहेको छ भन्ने उदाहरण हो । मुस्ताङ– अन्य कुनै स्थानभन्दा बढी पर्यटन आकर्षणको केन्द्र पहिले देखि नै रहेको थियो । मुस्ताङ् नै पर्यटकको रोजाइमा किन प¥यो ? यो अहं प्रश्न हो । मुस्ताङमा कूटनीतिज्ञ र पर्यटकको भीड जहिले पनि लाग्छ । चीनसँग सीमा जोडिएको ८ हजार ४ सय मिटरको उचाइमा थोराङ–ला पास, मुक्तीनाथ मन्दिर, कागबेनी, कोराला सीमा, लोमान्थाङ, सिञ्जा जोङ गुफा, जोम्सोम, धुम्बा ताल, थिनी, मार्फा र लेटमा पर्यटकहरूको चासो बढी हुनेगरेको छ । चीनको तिब्बतसँग जोडिएको र सबैभन्दा निकट रहेका कारणले पनि अपर मुस्ताङ्मा पर्यटकको भीड लाग्ने गरेको हो । यो क्षेत्रलाई संवेदनशील क्षेत्र पनि मानिन्छ ।