Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

राजुमार ह्यारीलाई ग्रेटर नेपालको नक्सा उपहार

१५ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

काठमाडौं, चैत्र १० गते।
नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको सन्दर्भ पारेर बेलायती महारानीको प्रतिनिधित्व गरी औपचारिक नेपाल भ्रमणमा आएका राजकुमार हयारीको ध्यानाकर्षण गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले १० बुँदे ज्ञापन पत्र र ५इन्टु ३ इन्ची आकारको ग्रेटर नेपालको नक्सा उपहार दिएको छ। आज बिहान ११ः १५ बजे लैनचौर स्थिति बेलायती दूतावासकी डेपुटी हेड अफ मिसन एलिसन एमसी एवनलाई मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ज्ञापन पत्र र ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेका छन्। ज्ञापन पत्र र नक्सा बुझ्दै एलिसनले यो उपहार राजकुमारलाई आजै उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गरिन्। डेपुटी हेड अफ मिसन एलिसनले ग्रेटर नेपालको नक्साप्रति जिज्ञासा राखेपछि मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपालको करिब ६० हजार वर्ग कि.मि. भूभाग बेलायतले नेपाललाई फिर्ता नगरी भारतमै छोडेर गएकोले सो भूभाग फिर्ता गर्नु बेलायतको नैतिक दायित्व भएको बताएका थिए। डेपुटी हेड अफ मिसन एलिसनले ज्ञापनपत्रमा उठाइएको विषयमा बेलायतको उच्च सरकारी तहले मात्र निर्णय दिन सक्ने बताइन्।  
मोर्चाद्वारा प्रस्तुत १० बुँदे ज्ञापनपत्रमा सन् १८१६ मार्च ४ मा नेपाल र बेलायतबीच सुगौली सन्धि भएको २०० वर्ष पुगेको सन्दर्भमा राजकुमार ह्यारी मार्फत बेलायतको उपनिवेशका रुपमा  रहेको नेपालको भूभागको स्वाधीनताका निम्ति बेलायत पूर्ण रुपमा उत्तरदायी रहेकाले सन् १९४७ अगस्त १५ यता भारतको अधीनमा राखिएको नेपाली भूभाग नेपाललाई फिर्ता गर्न बेलायतले उपयुक्त भूमिका खेल्नुपर्ने माग गरिएको छ।  
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बेलायती राजकुमार ह्यारी समक्ष ग्रेटर नेपालको मुद्दा उठाउन पाउँदा यसले एउटा बलियो आधार फेला पारेको बताए। उनले भने, 'ब्रिटिस गोर्खाले लुम्ले मार्फत गोर्खाभर्ती र ब्रिटिश गोर्खाको सेवा सुविधाका सम्बन्धमा कुरा उठान सघाए जस्तै हामीहरु राजकुमार ह्यारी अनुरोध गरी अघि बढ्ने छौंँ।