Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट नेताबिच भेटवार्ता

०४ आइतबार , कार्तिक २०८१२ दिन अगाडि

प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट नेताबिच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री र प्रतिनिधिमण्डल बिच आज बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा भेट भएको हो ।

भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकासको उल्लेख गर्दै नेपालले पनि त्यस विकासबाट लाभ लिन चाहेको बाताएका थिए ।

त्यसैगरी प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थिरताका लागि दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको बताउदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए । चिनियाँ नेता छेनले आफू महासचिव सिजिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सँधै साथ रहने स्पष्ट पारेका थिए ।

उनले नेपालको राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने बताउदै भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव पिङलाई जानकारी गराउने समेत बताएका छन् । आजको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यद्वय डा अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागीता रहेको थियो ।

त्यसैगरी नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले हिँजो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग खुमलटारमा भेटवार्ता गरेको थियो । भेटमा नेपालको विकास प्राथमिकतामा चीनले गर्दै आएको सहयोगका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई प्रचण्डले धन्यवाद ज्ञापन गरेका थिए ।