Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रसंघमा नेपालको दयनीय स्थिति

२९ मंगलबार , आश्विन २०८१८ दिन अगाडि

राष्ट्रसंघमा नेपालको दयनीय स्थिति

२२ जनाको जम्बो टिम बोकेर राष्ट्रसंघमा संवोधन गर्न पुगेका प्रम केपी ओलीले संवोधन गर्दाको दृश्य हो यो । ओली बोल्दै थिए, सभाहल खाली थियो । मात्र संवोधन रेकर्ड गराएर फकिए प्रधानमन्त्री ।
यो दयनीय स्थिति एमाले, ओली नेतृत्वको सरकार, संसद र लोकतान्त्रिक गणतन्त्र नेपालको ऐना हो । हामी नेपाली कहाँ थियौं, कहाँ पुग्यौं भन्ने प्रमाण हो ।
राजतन्त्र हुँदा नेपालले के बोल्छ, नेपालको धारणा के हो ? नेपालले यसपाली कुन नयाँ कुरा गर्छ ? यसरी विश्वले कान ठाडो पारेर बस्थ्यो । आज नेपाललाई सुन्नुपर्ने आवश्यकता विश्वले देखेन । यहीकारण नेपालको जुन ऐतिहासिक सम्मानको संचिति थियो, त्यो सक्किएको उदाहरण हो यो ।
अझै पनि विभेद, निषेध गरेर नेतातन्त्र चलाउने कि लोकतन्त्रलाइृ नेपाली जनजीवन बनाउने ? यो प्रश्नमा बहस गर्ने बेला भएन र ? हुन त विवेक भएकाका लागि हो यो प्रश्न । जो अविवेकी र कुनियत राख्छ, लोकतन्त्रलाई अपराधिकरण गर्नुलाई सफलता ठान्छ, उसका लागि यस्ता अवसर भ्रमण, सपिङ र रमाइलोमा सिमित हुनु के ठूलो कुरा भयो र ? लोकतन्त्र आएपछिका यस्ता तमासा हरेक वर्ष देखिने गरेको छ ।