Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाडौं मस्को सिधा उडानको प्रयास

२३ बुधबार , आश्विन २०८११४ दिन अगाडि

काठमाडौं मस्को सिधा उडानको प्रयास

नेपालका लागि रुसका राजदूत अलेक्सेई नाभिकोभले परराष्ट्रमन्त्रीपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग पनि भेटवार्ता गरेका छन् । सत्तापक्षका मन्त्री र प्रतिपक्षका नेताका भाइसँग भेटेर रुसी राजदूतले सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभवका साथै काठमाडौं रुसवीच सिधा उडानको पहल गरेका छन् । गत वर्ष राष्ट्रिय सभाका सभामुख रुसको भ्रमणमा जाँदा १३ बुँदे सहयोगको सूची रुसले दिएको थियो, त्यसबारेमा पनि रुसी राजदूतले कुरा उठाएका छन् । नेपालले पनि सिधा उडान, छात्रबृत्ति लगायतमा थप सहयोगको बारेमा कुरा उठाएको छ ।
नेपालले रुसी सेनामा नेपाली युवा भर्ती र बेपत्ता जोशीका बारेमा पनि कुरा उठाएको थियो ।
यो भेटमा रुसी लगानीकर्ता नेपालको जलस्रोतमा लगानी गर्न इच्छुक रहेको जानकारी नेपालले पाएको छ । रुसी राजदूतले नेपालको पहल कुरीरहेको बताएका छन् ।
हाल रुसले ४२ विद्यार्थीलाई छात्रबृत्ति दिनेगर्छ । यो संख्या २ सय बनाउन सकिने, नेपालले पहल गरे सिधा उडान स्थापित गर्न गाह्रो नपर्ने रुसले जानकरी दिएको छ ।
तर भूराजनीतिको चपेटामा परेको नेपालले रुसलाई स्पष्ट जवाफ दिन वर्षाैंदेखि आनाकानी गरिरहेको छ ।