Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

बाढीपीडितका लागि भारतको सहयोग

२२ मंगलबार , आश्विन २०८१८ दिन अगाडि

बाढीपीडितका लागि भारतको सहयोग

नेपालमा असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछी आएको बाढीपहिरो पिडितका लागि भारत सरकारले सहयोग गरेको छ । नेपालका लागि भारतीय दूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितका लागि सहयोग हस्तान्तरण गरेका हुन् ।

भारत सरकारको तर्फबाट हिँजो भारु १ करोड १८ लाख ५१ हजार २० रुपैयाँ बराबरको सामग्री बाढीपीडितका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई हस्तान्तरण गरिएको र आज पनि सामग्री आउने भएकाले सबै सामग्री सङ्कलन भएपछि हवाईजहाजमार्फत काठमाडौँ पठाइने बताइएको छ ।  

बाढीपीडितका लागि सहयोग सामग्री प्रमुख जिल्ला अधिकारी रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो । सामान हस्तान्तरणका अवसरमा प्रमुख जिल्ला अधिकारी रिजालले भारत सरकारलाई धन्यवाद दिएका थिए ।

भारत सरकारबाट प्राप्त सामग्रीमा क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाललगायत रहेको छ । भारत सरकारको तर्फबाट प्राप्त सामग्री सङ्कलनपछि हवाईजहाजमार्फत काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।