Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

प्रधानमन्त्री र बंगलादेशकी जलस्रोतमन्त्रीबीच भेटवार्ता

१७ बिहिबार , आश्विन २०८१एक बर्ष अगाडि

प्रधानमन्त्री र बंगलादेशकी जलस्रोतमन्त्रीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जलस्रोतमन्त्री हसनले भेट गरेकी हुन् ।

प्रधानमन्त्री ओली र बंगलादेशकी जलस्रोतमन्त्री हसनको भेटमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी रहेका थिए ।