Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

सैनिक अभ्यास, यता सकियो–चीनमा सुरु

०७ सोमबार , आश्विन २०८१११ दिन अगाडि

सैनिक अभ्यास, यता सकियो–चीनमा सुरु

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त ‘प्यासिफिक एन्जल २४’ सैन्य अभ्यास सम्पन्न भएको छ । 
यो अभ्यास गर्न भदौ २८ मा आएको अमेरिकी सेनाले नेपालीसँग भदौ ३० देखि असोज २ सम्म काठमाडौँ, मकवानपुर र धादिङमा अभ्यास गरेको थियो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार अभ्यासका क्रममा खोज र उद्धार कार्य गर्न अमेरिकी वायुसेनाले विशेष रूपमा परिमार्जित गरेको विमान ‘एचसी–१३०जे कम्ब्याट किङ’बाट नेपाली सेनाले तालिम लिएको थियो । यो विमानलाई अमेरिकी सेनाले खोज तथा उद्धार र लडाइँमा खोजका लागि प्रयोग गर्ने गरेको छ । प्रतिघण्टा ५३७ किलोमिटरको गतिमा कुद्ने यो विमानले एक पटक इन्धन भरेपछि ८ हजार ३ सय ३४ किलोमिटरको दुरी पार गर्न सक्छ । समाचारका अनुसार यस्तो अभ्यास अमेरिकी सेनाले हिन्द–प्रशान्त क्षेत्रका देशहरूमा नियमित रूपमा संचालन गर्दै आएको सैन्य अभ्यास हो । यसको उद्देश्य मानवीय सहायता र विपद् व्यवस्थापनमा क्षमता बढाउनु रहेको छ । यस्ता संयुक्त अभ्यासबाट नेपाली सेनाको क्षमताबृद्धि र प्राविधिक ज्ञान बढ्ने छ ।
नेपालमा विभिन्न देशबाट आउने सैनिकहरूसँग संयुक्त अभ्यास सन् २०१२ देखि सुरू भएको हो । स्मरणीय छ, नेपाली सेनाको एक टोली चीनमा यस्तै खालको सैनिक अभ्यास गर्न हिडेको छ ।
जंगी अड्डाका अनुसार विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त सैन्य अभ्यास गरिएको हो ।
अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदानप्रदान भएको नेपाली सेनाले जनाएको छ । तर केही सेना र सेनाको आधुनिकरण, क्षमताबृद्धिलाई आलोचना गर्नेहरूले सेनालाई कमजोर पार्नका लागि अमेरिकाको बिरोधजस्तो गरेर सेनालाई अखानो पार्ने प्रयास गरेका छन् ।