Advertisement Banner
Advertisement Banner

०२ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

मुस्लिम राष्ट्र पाकिस्तानमा बौद्ध सम्मेलन

२५ मंगलबार , भाद्र २०८१४ महिना अगाडि

मुस्लिम राष्ट्र पाकिस्तानमा बौद्ध सम्मेलन

पाकिस्तानले बौद्ध सम्पदा संरक्षणबारे अन्तर्राष्ट्रिय सम्मेलनको महत्व दर्शाएको छ । बौद्ध विद्धान एवम् बौद्ध परम्परावादीहरुले बुद्धसँग जोडिएका साझा सम्पदाको संरक्षण र शान्ति र समृद्धिका लागि नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नुपर्नेमा पाकिस्तानका प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । पाकिस्तानको परराष्ट्र मन्त्रालयद्वारा ‘गान्धार टु द वल्र्ड’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बौद्ध सम्पदाका अध्येताहरुले बौद्ध परम्पराको विकासमा शान्ति र समृद्धिको नयाँ आयाम खोज्नुपर्नेमा जोड दिएको बताइन्छ ।  प्राचीन रेशम मार्ग र ग्रिसेली परम्पराको बौद्ध मूर्तिकला गान्धारको विशेषता रहेको छ । यही क्षेत्रमा गौतम बुद्धको पहिलो मूर्ति कुँदिएको र बौद्ध मूर्ति परम्पराको विकास भएको पनि मानिन्छ । मुस्लिम राष्ट्र पाकिस्तानमा बौद्ध सम्पदाका विषयमा यति महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन हुनु बुद्ध जन्मथलो नेपालका लागि गौरवको विषय हो ।