Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

भारत र पाकिस्तान मित्र बन्न सक्दैनन्?

१२ सोमबार , माघ २०७१११ बर्ष अगाडि

– पदम हमाल
सार्क सम्मेलन नेपालका लागि ठूलो अवसर थियो। यही अवसरमा दक्षिण एसियामा मैत्रीभाव विकास गर्न सकिने पर्याप्त अवसर पनि थियो। यो अवसरलाई उपलव्धिमा बदल्नका लागि नेपालले सबैभन्दा बढी भूमिका खेल्नुपर्थ्यो। तर प्रधानमन्त्री सुशील कोइरालाको हात कामिरहे, उनको अग्रसरतामा कमी भइरह्यो र सार्कको अध्यक्षता हासिल गर्ने बाहेक नेपालले थप के हासिल गर्‍यो? सरकार भन्न सक्दैन। यही सार्क हो, जुन अवसरले नेपालमा व्यापक भ्रष्टाचार बढायो। नक्कली बीलका भूक्तानी अझै भइरहेका छन्। यही अवसर थियो, नेपालले जन्मजात दुश्मनी भोगिरहेका भारत र पाकिस्तानवीच विद्यमान तीतोपन मेटाइदिन सक्थ्यो। अन्तिममा दुबै मुलुकका प्रधानमन्त्री मोदी र नवाज शरिफले हात मिलाएको त देखियो तर यही हात मिलाइ नै सार्क सम्मेलनको सबैभन्दा ठूलो उपलव्धिजस्तो हुनगयो। यो नेपालको जीत थियो कि हार?
र, यही मौकामा इण्डिया टुडेले सम्मेलन राख्यो र विद्वानहरुलाई निम्त्यायो। यस्तो सम्मेलन नेपालले गर्नुपर्थ्यो कि अन्य मुलुकले? के नेपालमा बुद्धिजीवीहरुको खडेरी नै लागेको हो त? आइन्दा यस्तो नहोस् भन्ने सम्झना गराउन र नेपालले सार्कको यो कार्यकालमा थप सक्रियताका साथ अगाडि बढोस् भन्नका लागि यो रिपोर्ट प्रस्तुत छ। सार्क सम्मेलनको सन्दर्भमा इण्डिया टुडेले नेपालमा ग्लोवल राउण्ड टेबुल सम्मेलन गरेको थियो। यसका सञ्चालक थिए सम्पादक अरुण पुरी। उनले राउण्ड टेबुल सम्मिटमा आउने सबैलाई धन्यवाद दिएका थिए र विशेष गरी अफगानिस्तानका राष्ट्रपतिलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। अफगानिस्तानका राष्ट्रपति अशरफ गनी विश्वजगतमा बुद्धिजीवी मानिन्छन्। यही सम्मेलनमा सहभागी हुन आएकी थिइन पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रब्बानी खार। सम्मेलनमा अनेक विद्वान, बरिष्ठ नेता र विचारकहरु पनि थिए। खासगरी भारतका नीतिनिर्माणकर्ताहरु।
आतंकवाद सार्क मुलुकहरुका लागि मुख्य समस्या हो। सम्पादक अरुण पुरीले आतंकवाद न्यूनिकरणका लागि साझा सम्बन्ध र सहयोगको महत्व ज्यादा छ भनेपछि कार्यक्रम अघि बढेको थियो। भारत र पाकिस्तान मित्र बन्न सक्दैनन्? यो सम्मेलनको मुख्य प्रश्न थियो। पाकिस्तानकी हिना रब्बानी, भारतीय कांग्रेसका मनीष तिवारी र भाजपाकी नेता नलिन कोहलीले चर्चा गरे। पाकिस्तानका पक्षबाट भारतको सेक्युलर छविका कारण चिन्ता बढेको बताइन्, उनको इसारा मोदीको बोल्डनेसतिर थियो। त्यसपछि प्रश्न उठाइन भाजपाकी मिनाक्षी लेखीले। उनले पूर्व पाकिस्तानी विदेशमन्त्रीमाथि हमला गर्दै भनिन्– शिमला सम्झौता किन बिर्सेको? पाकिस्तानको सेक्युलर छविको चिन्ता किन नगरेको? पाकिस्तानमा किन हिन्दूको संख्या घट्यो? उनको तीर थियो। त्यसपछि हिना रब्बानीले पाकिस्तानलाई थाहा छ उसले के गर्नुपर्छ। नवाज शरिफका कतिपय कुरामा बिबाद होला तर पाकिस्तानसँग भारतले किन वार्ता रोकेको? काश्मीर समस्या होइन भने किन त्यो दुश्मनी राखेको? भनेर उनले बिट मारिन्।
सार्कको ग्लोबल राउण्ड टेबल समिट, चर्काचर्की पर्‍यो भारत र पाकिस्तानवीच। र, वीचमा थियो नेपाल। नेपालका प्रशिद्ध उद्योगपति विनोद चौधरीले तीतो वातावरणलाई संग्ल्याउन सुरु गर्दै भनिदिए– किन भारत र पाकिस्तानको नेतृत्व क्षेत्रीय सहयोग र आर्थिक मुद्दाहरमा सुधारका लागि अगाडि बढ्दैनन्? त्यसपछि भारतीय कांग्रेसका मनिष तिवारीले समस्या पाकिस्तान र अफगानिस्तानवीच छ, पाकिस्तान र भारतवीच पनि लामो समयदेखि कठिनाई जारी छ। तर दुबैतिर विकासका राम्रा अवसर छन्। सहमतिबाट अघि बढ्न सकिने सम्भाबना प्रवल छन्। अव समय आयो, हामी सबैले विकासका लागि सामुहिक प्रयास गर्न जरुरी छ।
प्रश्न अहिले पनि उठिरहेको छ– नेपालमा सार्क सम्मेलनकै अवसर पारेर भारतीय पक्षले किन भारत–पाकिस्तानको मामिलामा बहस गरायो। जब कि दुबै मुलुकका प्रधानमन्त्री थिए, साइडलाइनमा, रिटि्रटका अवसरमा दिल खोलेर कुरा गर्नसक्थे, समस्याको समाधानका लागि रौंचिरा विश्लेषण गर्न पाउँथे। तर, ग्लोवल राउण्ड टेबुल भन्ने ब्यानरमा भारत र पाकिस्तानका नेताहरुवीच जुवारी खेलाएर के उपलव्धि लिन खोजिरहेको थियो भारतले? कि नेपाललाई त्यो भूमरीमा जाक्न खोजिरहेको थियो। जेहोस्, धन्यवाद विनोद चौधरीजी। जसले राजनीतिक विवादलाई आर्थिक उन्नतिमा लगेर मोडिदिए र विद्यमान अवसरहरुको उपयोग गरेर विकासमा ध्यान दिन जरुरी छ भन्न बाध्य पारे। नभन्दै विकासका कुरा सुरु भएका छन् सार्क मुलुकभित्र।