Advertisement Banner
Advertisement Banner

०२ बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

अमेरिकामा ॐ शान्तिको भजन

१० सोमबार , भाद्र २०८१२३ दिन अगाडि

अमेरिकामा ॐ शान्तिको  भजन

७८ वर्षका डोनाल्ड ट्रम्प र ५९ वर्षकी कमला ह्यारिसवीच अमेरिकी राष्ट्रपतिको चुनावमा काँटोका टक्करजस्तै चुनाव हुनगइरहेको छ । रिपब्लिकन पार्टीले महाधिवेशन सम्पन्न गरिसकेको छ, ट्रम्पलाई उमेदवार छानेको छ । शिकागोमा डेमोक्रयाट पार्टीको महाधिवेशन भयो । महाधिवेशनमा मेरिल्याण्डस्थित शिवमन्दिरका पुजारी राकेश भट्टलाई निम्त्याइयो । भट्टले डेमोक्य्राट पार्टीको महाधिवेशन हलभित्र ॐ शान्तिको भजनमात्र घन्काएनन्, उनले अमेरिकी जनतालाई ‘वसुधैव कुटुम्बकम’ को अवधारणामा विश्वास गर्ने नेतालाई राष्ट्रपति छान्न आग्रह समेत गरे । 
दुबै नेतावीच कहिले कुन राज्यमा, कहिले कुन राज्यमा कहिले कमलाको, कहिले ट्रम्पको मतभार बढेको देखिन्छ । भनिन्छ, यसपल्टको चुनाव अमेरिकी इतिहासमै ऐतिहासिक हुनेछ । महिला राष्ट्रपति नपाएको अमेरिकाले यसपल्ट महिला राष्ट्रपति पाउने आँकलन भइरहेको छ भने परम्परागत भोटले ट्रम्प नै जित्ने पनि भनिदैछ ।
जो बाइडेन राष्ट्रपति छन् । उनी उमेदवार हुन चाहना राखिरहेका बेलामा पार्टीभित्रबाट आवाज आयो, अब उनले राष्ट्रपतिको दौडबाट पछि हट्नुपर्छ, अर्को सक्षम उमेदवारलाई मौका दिनुपर्छ । तबमात्र डेमोक्य्राट पार्टीको भविष्य सुरक्षित रहनसक्छ । पार्टीको यो सुझावलाई जो बाइडेनले स्वीकार गरे र फोन गरेर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने जनाउ दिए । त्यसपछि पार्टी महाधिवेशनले कमलालाई नै छान्यो र कमलाले आफ्नो उमेदवारी स्वीकार गरेकी हुन् ।
कमला ह्यारिसले मिनिसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपति छानेकी छिन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको लागि चयन गरेका छन् । यी दुबै जोडीले आफूले कसरी चुनाव जित्ने भनेर रणनीति बनाइरहेका छन् ।
विश्वशक्ति अमेरिकाको यो चुनावमा रूस, चीनजस्ताको प्रभाव नै पर्नेनै छ, भारतका धेरै मतदाताको पनि प्रभाव देखिने छ । अमेरिका अन्यकारणले भन्दा पनि नीतिका कारणले चुनावको जितहार हुने मुलुक भएकाले भावी राष्ट्रपति को बन्ला भन्ने प्रश्नले विश्व उत्सुकता बढेको छ ।