Advertisement Banner
Advertisement Banner

०२ बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

डेब्ट ट्य्राप पोखराको ऋण मिनाहा होला ?

०७ शुक्रबार , भाद्र २०८१एक महिना अगाडि

डेब्ट ट्य्राप पोखराको ऋण मिनाहा होला ?

चीनको एक्जिम बैंकको ऋणमा चिनियाँ कम्पनीले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमान नचलेपछि ऋण तिर्न नसकेको नेपालले निर्माणको क्रममा लिइएको ऋणलाई अनुदानमा परिणत गरिदिन चीनलाई गुहार लगाएको छ ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यो आग्रह पत्र चीनको अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई बुझाएका हुन् । पत्र हस्तान्तरण गर्दा अर्थ मन्त्री र चिनियाँ राजदूत उपस्थित थिए ।

नेपालले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा चीनको एक्जिम बैंकबाट २५ अर्ब ८८ करोड रुपैयाँ ऋण लिएको छ । यो विमानस्थल निर्माणमा चिनियाँ ठेकेदार र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी मुछिएका छन् । अख्तियारमा थुप्रै उजुरी परेको छ ।
स्मरणीय छ, राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिंगदेन नेतृत्वको संसदीय छानबिन समितिले अनियमितता भएको ठहर गरेको छ ।